शैलेश साह, पोखरिया ।
पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ३२ सदस्यीय वडा कमिटी गठन गरिएको छ। एक कार्यक्रमका बीच राधा बैठाको नेतृत्वमा नयाँ वडा कमिटी गठन गरिएको हो।
नेकपा (एमाले) पोखरिया नगर कमिटीका संयोजक भगवान प्रसाद कुर्मीको अध्यक्षतामा बसेको बैठकले नयाँ वडा कमिटी गठन गरेको हो। पार्टी संगठनलाई वडा तहसम्म विस्तार तथा सुदृढ बनाउने उद्देश्यले कमिटी गठन गरिएको जनाइएको छ।
नवगठित वडा कमिटीको अध्यक्षमा राधा बैठा चयन भएका छन्। त्यस्तै, उपाध्यक्षमा उपेन्द्र ठाकुर, सचिवमा पन्नालाल चौहान र कोषाध्यक्षमा हिरा प्रसाद चौहान चयन भएका छन्। कमिटीको सदस्यमा बैजनाथ साहलगायतका व्यक्तिहरू रहेका छन्। कुल ३२ सदस्यीय वडा कमिटी गठन गरिएको हो।
कार्यक्रममा मधेश प्रदेश कमिटी सदस्य, संविधानसभा सदस्य तथा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युम्न प्रसाद चौहानको प्रमुख उपस्थिति रहेको थियो। त्यस्तै, नेकपा (एमाले) पर्सा जिल्ला कमिटी सदस्य सुरेश पासवान, पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) का संयोजक कौशल साह, सन्तोष गिरी
शैलेश साह कानुलगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
वडा कमिटी गठनसँगै पार्टीको संगठनलाई स्थानीय स्तरमा थप सुदृढ बनाउने, नेता तथा कार्यकर्ताबीच एकता र सहकार्य बढाउने तथा पार्टीका नीति, विचार र कार्यक्रमलाई जनतामाझ पुर्याउने अपेक्षा गरिएको छ।
नवगठित कमिटीले आगामी दिनमा वडा तहमा पार्टीका गतिविधिलाई प्रभावकारी बनाउँदै स्थानीय जनताका समस्या तथा सरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।








COMMENTS