शैलेश साह, पोखरिया । नेपाली कांग्रेसको १५औँ वडा अधिवेशनअन्तर्गत पर्साको पोखरिया नगरपालिका–५ सतवरियामा आइतबार वडा अधिवेशन सम्पन्न भएको छ। अ...
शैलेश साह, पोखरिया ।
नेपाली कांग्रेसको १५औँ वडा अधिवेशनअन्तर्गत पर्साको पोखरिया नगरपालिका–५ सतवरियामा आइतबार वडा अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले महमद हाकिम मिया तेलीलाई पुनः बुथ सभापतिमा सर्वसम्मत चयन गरेको छ।
अधिवेशनमा संविधानसभा सदस्य रामेश्वर प्रसाद रौनियार, पूर्वमेयर दिपनारायण प्रसाद रौनियार, ललन कुमार दुबेदी, माया साह कानु, पूर्ववडा अध्यक्ष उमाशंकर साह कानु, महमद गनी अन्सारीलगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
अधिवेशनमा पार्टी संगठनलाई थप सुदृढ बनाउने, स्थानीय तहमा पार्टीको गतिविधिलाई प्रभावकारी बनाउने तथा आगामी दिनमा कार्यकर्ताबीच एकता र सहकार्यलाई प्राथमिकता दिने विषयमा छलफल गरिएको जनाइएको छ।







COMMENTS