$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

राष्ट्रिय परिचयपत्रमा रकम असुलीको आरोपमा, कारबाही प्रक्रिया अघि बढाइएको सहायक जिल्ला प्रशासन अधिकारी चापागाईको भनाइ

शैलेश साह, पोखरिया । पर्साको पोखरिया नगरपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलनका क्रममा सेवाग्राहीसँग रकम असुली गरिएको विषय सार्वजनिक ...


शैलेश साह, पोखरिया ।

पर्साको पोखरिया नगरपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलनका क्रममा सेवाग्राहीसँग रकम असुली गरिएको विषय सार्वजनिक भएपछि घटनामा संलग्न भनिएका व्यक्तिहरूले आफूहरूले रकम लिएको स्वीकार गरेको बताइएको छ।

रकम असुलीसम्बन्धी समाचार सार्वजनिक भएपछि उक्त समाचार हटाइदिन तथा समाचारको खण्डन गराउन विभिन्न नेता तथा राजनीतिक कार्यकर्तामार्फत सिफारिस गराउने प्रयास भइरहेको स्रोतले जनाएको छ। यसका लागि सम्बन्धित व्यक्तिहरूले फोन तथा प्रत्यक्ष भेटघाटमार्फत विभिन्न राजनीतिक व्यक्तिसँग कुराकानी गरिरहेको बताइएको छ।

यसअघि राष्ट्रिय परिचयपत्रको विवरण संकलनका क्रममा सेवाग्राहीसँग रकम लिइएको आरोप सार्वजनिक भएको थियो। आरोप सार्वजनिक भएपछि विवरण संकलनमा संलग्न व्यक्तिहरूले आफूहरूले रकम लिएको स्वीकार गरेको स्रोतको दाबी छ।

यस विषयमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा चापागाईसँग कुरा गर्दा उहाँले घटनाबारे कारबाही प्रक्रिया अघि बढिरहेको बताउनुभयो।

नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको राष्ट्रिय परिचयपत्रको विवरण संकलनजस्तो संवेदनशील सेवामा अनियमितता तथा सेवाग्राहीसँग रकम असुली गरिनु निन्दनीय भएको स्थानीयले बताएका छन्। सेवाग्राहीलाई सहज र निःशुल्क रूपमा सेवा उपलब्ध गराउनुपर्नेमा रकम असुलीको आरोप सार्वजनिक हुनु गम्भीर विषय भएको उनीहरूको भनाइ छ।

स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्न तथा राष्ट्रिय परिचयपत्रको विवरण संकलन प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

COMMENTS





यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content