$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पोखरिया–१ मा नेकपा एमालेको ३१ सदस्यीय वडा कमिटी गठन

  शैलेश साह, असोज ३, पोखरिया । पर्साको पोखरिया नगरपालिका–१ मा नेकपा एमालेको ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ। पोखरिया नगर संयोजक भगवान प्रस...

 

शैलेश साह, असोज ३, पोखरिया ।

पर्साको पोखरिया नगरपालिका–१ मा नेकपा एमालेको ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ। पोखरिया नगर संयोजक भगवान प्रसाद कुर्मीको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रूपमा वडा कमिटी गठन गरेको हो।

बैठकले प्रभात पटेलको अध्यक्षतामा नयाँ वडा कमिटी गठन गरेको हो। नवगठित कमिटीको सचिवमा महावीर ठाकुर चयन भएका छन्। कमिटीमा इब्राहिम अन्सारीलगायतका नेता तथा कार्यकर्ताहरू समेत समेटिएका छन्।

वडा कमिटी गठनका क्रममा पार्टीको संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने विषयमा छलफल भएको थियो। बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरूले स्थानीय तहमा पार्टीको संगठन विस्तार तथा सक्रियता बढाउनुपर्नेमा जोड दिएका थिए।

बैठकमा पार्टीभित्र देखिएका असन्तुष्टिलाई समेत सम्बोधन गर्ने विषयमा छलफल भएको थियो। नेता तथा कार्यकर्ताहरूले पार्टीभित्र असन्तुष्ट रहेका नेता तथा कार्यकर्तालाई सम्झाइबुझाइ गर्दै संगठनमा पुनः सक्रिय बनाउन पहल गर्नुपर्ने बताएका थिए।

उनीहरूले आपसी संवाद, समझदारी र सहकार्यका माध्यमबाट पार्टीभित्रका असन्तुष्टि हटाउँदै संगठनलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। स्थानीय तहमा पार्टीको गतिविधिलाई प्रभावकारी बनाउन वडा तहदेखि नै संगठनलाई मजबुत बनाउनुपर्ने धारणा बैठकमा व्यक्त गरिएको थियो।

बैठकमा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सुरेश पासवान, उमेश प्रसाद चौहान, पूर्व नगर कमिटी सचिव सन्तोष गिरी, सुरेश पटेल, वडा अध्यक्ष प्रमोद गिरी, पूर्व वडा अध्यक्ष बनका पटेल, सुगन्धित देवी, तेतरी देवी तथा सञ्चारकर्मी शैलेश साह कानुलगायतको उपस्थिति रहेको थियो।



COMMENTS





यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content