सडक विस्तारका लागि घरटहरा हटाउन वडा कार्यालयको सूचना पर्सा, पोखरिया — पोखरिया नगरपालिका वडा नं. ४ कार्यालयले सडक निर्माण तथा विस्तार कार्यल...
सडक विस्तारका लागि घरटहरा हटाउन वडा कार्यालयको सूचना
वडा कार्यालयद्वारा जारी सूचनामा उक्त सडकको मापदण्डभित्र पर्ने संरचनाहरू हटाउन अन्तिम पटक आग्रह गरिएको उल्लेख छ। मिति २०८३ साल वैशाख २६ गतेदेखि सडकको नापजाँच कार्य सुरु भइसकेको र सो मापदण्डभित्र परेका घरटहराहरू पाँच दिनभित्र हटाउन निर्देशन दिइएको छ।
वडा अध्यक्ष लक्ष्मण साह कानुले स्थानीयवासीलाई विकास निर्माण कार्यमा सहयोग पुर्याउन आग्रह गर्दै समयमै संरचना हटाउन अनुरोध गरेका छन्। उनले सडक विस्तारले यातायात सहज हुने र क्षेत्रीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
उक्त सडक निर्माण कार्य ‘गल्वा–अंकित जेभी’ (Galwa Ankit Joint Venture) ले ठेक्का पाएको जनाइएको छ। निर्माण कार्य प्रभावकारी रूपमा अघि बढाउन स्थानीयको सहकार्य आवश्यक रहेको वडा कार्यालयले जनाएको छ।
वडा कार्यालयले तोकिएको समयभित्र संरचना नहटाइए आवश्यक कानुनी प्रक्रिया अपनाइने संकेत समेत दिएको छ




COMMENTS