$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

राष्ट्रिय परिचयपत्रमा सेवाग्राहीसँग रकम असुली

शैलेश साह, पोखरिया  पर्साको पोखरिया नगरपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने क्रममा सेवाग्राहीसँग रकम असुल्ने गरिएको आरोप लागेको ...

शैलेश साह, पोखरिया 

पर्साको पोखरिया नगरपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने क्रममा सेवाग्राहीसँग रकम असुल्ने गरिएको आरोप लागेको छ। स्रोतका अनुसार विवरण संकलनमा संलग्न व्यक्तिहरूले सेवाग्राहीबाट प्रतिव्यक्ति ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म लिने गरेका छन्। स्रोतका अनुसार राष्ट्रिय परिचयपत्रको विवरण संकलनबाट दैनिक करिब १० हजारदेखि १५ हजार रुपैयाँसम्म रकम उठ्ने गरेको  छ।  

सेवाग्राहीका अनुसार सोमबारदेखि शुक्रबारसम्म विवरण संकलन केन्द्रमा कहिले ‘नेट चलेन’ त कहिले ‘सर्भर डाउन छ’ भन्दै सेवाग्राहीलाई फर्काउने गरिएको आरोप छ। टोकन लिएर आएका सेवाग्राहीको टोकनको म्याद सकिएपछि पुनः टोकन लिन लाइन बस्नुपर्ने र अर्को दिन पुनः आउनुपर्ने अवस्था सिर्जना हुँदा ग्रामीण क्षेत्रबाट आएका सर्वसाधारण थप समस्यामा पर्ने गरेका छन्।

तीन हजार रुपैयाँ मागेको आरोप

यसैबीच, केही दिनअघि पकाहामैनपुर गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन गराउन आएका एक दलित महिलाले आफू र आफ्ना श्रीमान् गरी दुई जनाको विवरण संकलनका लागि एक बिचौलियाले ३ हजार रुपैयाँ मागेको गुनासो गरेकी छन्। महिलाका अनुसार उक्त रकम बिचौलियालाई  दिन अस्विकार गरेपछी  उनका श्रीमानको नागरिकतामा रहेको होलोग्राम स्टिकर झिकिएको थियो। 

नागरिकता नयाँ रहे पनी  होलोग्राम किन नभएको भन्दै विवरण संकलन केन्द्रमा प्रश्न गर्दा आफूका श्रीमानलाई हप्काउने तथा धाकधम्की दिने व्यवहार गरिएको  उनले बताइन । ती महिलाका श्रीमान् नवल रामका अनुसार छोरीको विवाहका लागि बैंकबाट ऋण लिन र बैंक खाता सञ्चालन गर्नुपर्ने भएकाले राष्ट्रिय परिचयपत्र आवश्यक परेको हो। यही आवश्यकताका कारण आफूहरू विवरण संकलनका लागि पोखरिया आएको उनले बताए। महिलाको गुनासोअनुसार सेवा लिन आवश्यक कागजात तथा प्रक्रियाका विषयमा स्पष्ट जानकारी दिनुको सट्टा रकम मागिएको र रकमसम्बन्धी विवादपछि नागरिकताको होलोग्राम स्टिकरको विषयमा समेत समस्या सिर्जना भएको थियो।

सेवाग्राहीलाई झन्झट दिएको गुनासो

त्यस्तै, स्रोतका अनुसार रकम नदिएका केही सेवाग्राहीको नागरिकतामा रहेको होलोग्राम स्टिकर झिकेर भुइँमा खसालिदिने गरिएको आरोप छ। त्यसपछि सम्बन्धित सेवाग्राहीलाई नागरिकताको प्रतिलिपि लिएर पुनः आउनुपर्ने अवस्था सिर्जना हुने गरेको बताइएको छ। अर्कोतर्फ, रकम बुझाएर एजेन्टमार्फत सेवा लिन पुगेका केही व्यक्तिलाई लाइनमा बस्न नपर्ने छ।

 स्रोतका अनुसार होलोग्राम नभएको नागरिकतामा समेत सम्बन्धित कर्मचारी वा विवरण संकलनकर्ताले आफैं होलोग्राम स्टिकर टाँसेर राष्ट्रिय परिचयपत्रको प्रक्रिया अघि बढाउने र प्रयोग गरिएको स्टिकर आफूसँगै राख्ने गरेको दाबी गरिएको छ। यसरी सेवा लिन आएका ग्रामीण तथा सर्वसाधारणलाई प्रक्रियागत झन्झट सिर्जना गरी रकम तिर्न बाध्य बनाइएको आरोप लागेको छ। स्थानीय तथा सेवाग्राहीले घटनाबारे निष्पक्ष छानबिन गरी राष्ट्रिय परिचयपत्र विवरण संकलन प्रक्रियालाई पारदर्शी र सेवाग्राहीमैत्री बनाउन माग गरेका छन्। विवरण संकलनमा संलग्न व्यक्तिहरूको भूमिका, सेवाग्राहीबाट लिइएको भनिएको रकम, टोकन वितरण तथा नागरिकताको होलोग्राम स्टिकर प्रयोगसम्बन्धी विषयमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग गरिएको छ।

COMMENTS





यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content