$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

वीरगन्जलाई सफा र व्यवस्थित बनाउन 'एक्सन टिम'को नेतृत्व सरफुद्दिन मियाँलाई

  शैलेश गुप्ता 24 वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले सहरलाई सफा, सुन्दर, हराभरा तथा व्यवस्थित बनाउने उद्देश्यले गठन गरेको 'एक्सन टिम'को...

 

शैलेश गुप्ता 24 वीरगञ्ज।

वीरगञ्ज महानगरपालिकाले सहरलाई सफा, सुन्दर, हराभरा तथा व्यवस्थित बनाउने उद्देश्यले गठन गरेको 'एक्सन टिम'को नेतृत्व सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई जिम्मेवारी दिएको छ।

सोमबारदेखि जिम्मेवारी सम्हालेसँगै मियाँको नेतृत्वमा सहरका विभिन्न स्थानमा विशेष सरसफाइ अभियान सञ्चालन गरिनुका साथै सडकपेटी (फुटपाथ) अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिइने भएको छ।

वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले जिम्मेवारी हस्तान्तरण गर्दै सहरमा कुनै पनि प्रकारको फोहोर र अतिक्रमण हुन नदिन कडा निर्देशन दिनुभएको छ। महानगरले सञ्चालन गर्ने सरसफाइ तथा व्यवस्थापनका कार्यमा कुनै कमजोरी हुन नदिन र परिणाममुखी ढंगले काम गर्न उहाँले एक्सन टिमलाई निर्देशन दिनुभयो।

कार्यवाहक प्रमुख आलमका अनुसार यो अभियान मुख्य सडकमा मात्र सीमित रहने छैन। महानगरका सबै ३२ वटै वडामा प्रभावकारी रूपमा सरसफाइ, अतिक्रमण नियन्त्रण तथा सार्वजनिक स्थल व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिनेछ।

उहाँले महानगरको गरिमा कायम राख्दै आम नागरिकको स्वास्थ्य, सुविधा र दैनिक जनजीवनलाई प्राथमिकतामा राखेर नागरिकमैत्री सेवा प्रवाह गर्न पनि निर्देशन दिनुभएको छ।

महानगरपालिकाले गठन गरेको एक्सन टिमबाट सहरको सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, फुटपाथ अतिक्रमण नियन्त्रण गर्ने तथा सार्वजनिक स्थानलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।


COMMENTS


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content