$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पत्रकार देवराम यादवमाथि आक्रमण प्रकरण : दोषीलाई कारबाही गर्न प्रेस सेन्टरको माग

  शैलेश गुप्ता, ६ असार, वीरगन्ज वीरगन्ज । सप्तरीका पत्रकार देवराम यादवमाथि भएको आक्रमणको घटनाप्रति प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले गम...

 


शैलेश गुप्ता, ६ असार, वीरगन्ज

वीरगन्ज । सप्तरीका पत्रकार देवराम यादवमाथि भएको आक्रमणको घटनाप्रति प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। समितिको मागपछि मधेश प्रदेश प्रहरीले समेत घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ।

नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य, प्रेस स्वतन्त्रता सेनानी तथा गोरखापत्र संस्थानका सप्तरी संवाददाता पत्रकार यादवमाथि २०८३ साल असार ६ गते शनिबार बिहान आक्रमण भएको थियो।

पत्रकार यादवले बाटोसम्बन्धी समाचार लेखेकै कारण सप्तरीको महदेवा गाउँपालिकाका उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादवसहित केही व्यक्तिले आफू बसिरहेको अवस्थामा आक्रमण गरेको जानकारी दिनुभएको बताइएको छ। आक्रमणबाट पत्रकार यादव गम्भीर घाइते हुनुभएको र उपचार भइरहेको जनाइएको छ।

घटनापछि प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको कुटपिटको घोर भत्र्सना गरेको थियो। समितिले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारमाथि हुने यस्ता आपराधिक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने जनाएको छ।

प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिका महासचिव जिवछ यादव (उदासी) द्वारा जारी विज्ञप्तिमा आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरिएको छ। साथै घाइते पत्रकार यादवको उपचारको उचित व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

विज्ञप्तिपछि मधेश प्रदेश प्रहरी कार्यालयले घटनालाई प्राथमिकतामा राख्दै अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी)  ओम प्रकाश अधिकारीले घटनामा संलग्न दोषीको पहिचान गरी कानुन अनुसार कडा कारबाही गर्न सम्बन्धित प्रहरी निकायलाई निर्देशन दिनुभएको जानकारी नेपाल पत्रकार महासंघ मधेश प्रदेशको साधारण सभामा समेत स्वयं डीआईजीले जानकारी गराउनुभएको थियो।

प्रहरी प्रशासनले पत्रकारमाथि हुने कुनै पनि प्रकारको आक्रमण प्रेस स्वतन्त्रतामाथिको चुनौती भएको भन्दै यस्ता घटनामा निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

यस घटनाले पत्रकारको सुरक्षा, प्रेस स्वतन्त्रता र समाचार संकलनका क्रममा पत्रकारले भोग्नुपर्ने जोखिमबारे पुनः बहस सुरु भएको छ। पत्रकार संगठनहरूले समेत राज्यका निकायलाई पत्रकारको सुरक्षाका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content