शैलेश गुप्ता 27 असार पोखरिया
वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–५, चिलझपट्टी निवासी दशै मुखियाको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको अवस्थामा पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्य र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जगरनाथपुर गाउँपालिका सभापति परशुराम साहले अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
उहाँहरूले उपचारमा संलग्न चिकित्सकसँग मुखियाको स्वास्थ्य अवस्था, उपचारको प्रगति तथा आवश्यक सहयोगका विषयमा समेत छलफल गर्नुभएको बताइएको छ।
यस क्रममा रास्वपा जगरनाथपुर गाउँपालिका सभापति परशुराम साहले उपचार खर्चमा सहयोग पुग्ने उद्देश्यले आफ्नो व्यक्तिगत तर्फबाट नगद आर्थिक सहयोग प्रदान गर्नुभएको छ। उहाँको यो सहयोगलाई मानवीय भावना र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा स्थानीयले प्रशंसा गरेका छन्।
भेटका क्रममा सांसद शाक्यले बिरामीको उपचारमा कुनै कमी हुन नदिन आवश्यक समन्वय र सहयोगका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको थियो।
दशै मुखियाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै परिवारजन तथा स्थानीयवासीले उपचारमा सहयोग र चासो देखाउने सबै सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेका छन्।





COMMENTS