$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पर्सा–४ मा सशस्त्र प्रहरी–स्थानीयबीच झडपपछि तनाव, सांसद शाक्यद्वारा संसदमा सरकारको ध्यानाकर्षण

  शैलेश गुप्ता २२ असार, वीरगञ्ज  पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत सशस्त्र प्रहरी बल र स्थानीयवासीबीच भएको झडपपछि क्षेत्रको अवस्था तनावग...

 


शैलेश गुप्ता २२ असार, वीरगञ्ज 

पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत सशस्त्र प्रहरी बल र स्थानीयवासीबीच भएको झडपपछि क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। घटनापछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् भने सीमा क्षेत्रमा आवागमन तथा दैनिक उपभोग्य सामग्रीको आपूर्तिलाई लिएर असन्तुष्टि बढ्दै गएको छ।


यसै विषयलाई लिएर पर्सा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्य ले प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन्।


सांसद शाक्यले पर्साको ठोरी, जानकीटोला र भिस्वा क्षेत्रका साना भन्सार नाकाहरू लामो समयदेखि बन्द रहेकाले सीमावर्ती बासिन्दाले दैनिक जीवनमा ठूलो सास्ती बेहोर्नुपरेको बताए। उनका अनुसार ती क्षेत्रबाट वीरगञ्ज भन्सारको दूरी करिब ६८ किलोमिटर रहेकाले नुन, तेल, खाद्यान्नलगायतका अत्यावश्यक उपभोग्य सामग्री छिमेकी मुलुक भारतबाट किनेर ल्याउँदा समेत स्थानीयले विभिन्न अवरोध र झन्झट व्यहोर्नुपरेको छ।


उनले विवाह वा पारिवारिक प्रयोजनका लागि दाइजोस्वरूप प्राप्त दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनको भन्सार तथा कानुनी व्यवस्थामा समेत व्यवहारिक समस्या रहेको उल्लेख गर्दै सीमावर्ती नागरिकको दैनिकी सहज हुने गरी आवश्यक नीतिगत सुधार गर्न सरकारसँग माग गरे।


सांसद शाक्यले सीमावर्ती क्षेत्रमा बढ्दो असन्तुष्टि, स्थानीयवासी र सुरक्षा निकायबीच दोहोरिन सक्ने द्वन्द्व तथा बन्द रहेका साना भन्सार नाका सञ्चालनका विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनले स्थानीयको समस्याको दीर्घकालीन र व्यवहारिक समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।


उता, झडपपछि स्थानीयवासीले आन्दोलन जारी राखेका छन्। घटनाबारे सम्बन्धित सुरक्षा निकाय र सरकारी पक्षबाट औपचारिक धारणा सार्वजनिक हुन बाँकी रहेको छ।


COMMENTS


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content