$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पोखरियामा वृक्षरोपण कार्यक्रम सम्पन्न, वातावरण संरक्षणमा सबैको साझा दायित्व रहेको जोड

शैलेश गुप्ता 21 असार पोखरिया, पर्सा पर्साको पोखरिया नगरपालिका–९ स्थित हनुमान मन्दिरको प्राङ्गणमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण...



शैलेश गुप्ता 21 असार पोखरिया, पर्सा

पर्साको पोखरिया नगरपालिका–९ स्थित हनुमान मन्दिरको प्राङ्गणमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यका साथ लायन्स क्लब अफ पोखरियाको आयोजनामा कार्यक्रम गरिएको हो।

कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेसकी महिला नेत्री आशा चौहानले गरेकी थिइन्। कार्यक्रममा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष निजामुद्दिन समानीको विशेष उपस्थिति रहेको थियो भने प्रमुख अतिथिका रूपमा पूर्व कृषिमन्त्री तथा नेपाली कांग्रेसका नेता जनार्दन क्षेत्री सहभागी भएका थिए। विशिष्ट अतिथिका रूपमा पोखरिया नगरपालिकाका पूर्व मेयर मन्टु रौनियार तथा नेपाली कांग्रेसका क्षेत्रीय सभापति किसुन चौहानको उपस्थिति रहेको थियो।

त्यसैगरी, अतिथिका रूपमा पोखरिया नगरपालिका वडा नं. ९ का पूर्व वडाध्यक्ष रामबाबु चौहान, वडा नं. ९ का वर्तमान वडाध्यक्ष नौसाद आलम तथा वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण शाह कानुको सहभागिता रहेको थियो।

कार्यक्रममा पोखरिया नगरपालिकाका कार्यपालिका सदस्य रामवचन महतोसहित नन्दकिशोर चौहान, कृष्ण पटेल, मनोज पण्डित, गोपचन शाह, जयप्रकाश कुमार, गोरख शाहलगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

वृक्षरोपण कार्यक्रममा विभिन्न जातका बिरुवा रोपिएको थियो। सहभागीहरूले वृक्षरोपणलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले बढ्दो वन विनाश, जलवायु परिवर्तन तथा वातावरणीय प्रदूषणका चुनौतीलाई न्यूनीकरण गर्न वृक्षरोपण प्रभावकारी माध्यम भएको उल्लेख गर्दै प्रत्येक नागरिकले आफ्नो घर, टोल र सार्वजनिक स्थलमा बिरुवा रोप्ने तथा संरक्षण गर्ने बानीको विकास गर्नुपर्ने धारणा व्यक्त गरे।

आयोजक लायन्स क्लब अफ पोखरियाले यस्ता सामाजिक तथा वातावरणमैत्री कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रम स्थानीयवासीको सक्रिय सहभागितासहित सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो


COMMENTS


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content