वीरगञ्ज, २९ असार। विश्व ज्योतिष महासङ्घका एसिया उपसभापति तथा बृहस्पति फाउन्डेसन नेपालका अध्यक्ष डा. पुरुषोतम दुबेले श्री गहवा माई मन्दिरमा असार ३२ र श्रावण १ गते आयोजना हुने चौथो विशाल रथयात्रा तथा धार्मिक महोत्सवमा सहभागी हुन सम्पूर्ण श्रद्धालुहरूलाई आह्वान गर्नुभएको छ।
भानु जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले रथयात्रा, ५६ भोग महापूजा तथा विशाल महाप्रसाद भण्डारामा सहभागी भई धार्मिक एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउन आग्रह गर्नुभयो। रथयात्राको दिन हेलिकप्टरबाट पुष्पवृष्टि तथा साँझ भजन सन्ध्या आयोजना गरिने जानकारी पनि दिइएको छ।
यस अवसरमा रथयात्रा संयोजक बसन्त गुप्ता, विकास समिति उपाध्यक्ष देवानन्द कलवार, सचिव पप्पु गुप्ता, कोषाध्यक्ष रवि अग्रवाल तथा दीपु गुप्ता, आकाश गिरी, राजनकुमार गुप्ता, राहुल रौनियारलगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।




COMMENTS