$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

वीरगञ्जका साप्ताहिक पत्रिकाले पनि पाउने भए लोककल्याणकारी सूचना, विभेदपूर्ण निर्णय सच्याइयो

शैलेश गुप्ता वीरगञ्ज, २५ असार।  वीरगञ्ज महानगरपालिकाले वितरण गर्दै आएको लोककल्याणकारी सूचना अबदेखि स्थानीय साप्ताहिक पत्रपत्रिकाहरूले पनि पा...








शैलेश गुप्ता वीरगञ्ज, २५ असार। 

वीरगञ्ज महानगरपालिकाले वितरण गर्दै आएको लोककल्याणकारी सूचना अबदेखि स्थानीय साप्ताहिक पत्रपत्रिकाहरूले पनि पाउने भएका छन्। महानगरपालिकाको आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिले यसअघिको विभेदपूर्ण निर्णय सच्याउँदै साप्ताहिक पत्रपत्रिकालाई समेत सूचीकरणका लागि आह्वान गर्ने निर्णय गरेपछि स्थानीय सञ्चारमाध्यममा सकारात्मक सन्देश गएको छ।


यसअघि महानगरपालिकाले साप्ताहिक पत्रिकालाई सूचीकरणबाट बाहिर राखेको निर्णयका कारण उनीहरू लोककल्याणकारी सूचना प्रकाशनबाट वञ्चित हुँदै आएका थिए। उक्त निर्णय महानगरकै आमसञ्चारसम्बन्धी ऐन–कानुनको भावना विपरीत रहेको भन्दै नेपाल पत्रकार महासंघसहित विभिन्न सञ्चारसम्बद्ध संस्थाहरूले निरन्तर सच्याउन माग गर्दै आएका थिए।


आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका संयोजक शत्रुधन नेपालको अध्यक्षतामा बसेको बैठकले विगतको व्यवस्था परिमार्जन गर्दै स्थानीय साप्ताहिक पत्रपत्रिकालाई पनि सूचीकरण प्रक्रियामा समावेश गर्न औपचारिक निर्णय गरेको हो। अब महानगरपालिकाले सूचीकृत हुन इच्छुक साप्ताहिक पत्रपत्रिकासँग आवेदन आह्वान गर्ने तयारी गरेको जनाएको छ।


यस निर्णयमा वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको सकारात्मक भूमिका रहेको बताइएको छ। उहाँले स्थानीय सञ्चारमाध्यमको सबलीकरण लोकतन्त्र, सुशासन र जवाफदेहिताका लागि आवश्यक रहेको उल्लेख गर्दै महानगर सधैँ सञ्चारमाध्यमको प्रवर्द्धनमा प्रतिबद्ध रहने बताउनुभयो।


"सञ्चारमाध्यम बलियो भए लोकतन्त्र र सुशासन बलियो हुन्छ। त्यसैले महानगर स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धनका लागि अग्रसर छ," कार्यवाहक प्रमुख आलमले भन्नुभयो। "वीरगञ्ज महानगर सञ्चारमाध्यम प्रवर्द्धनका लागि कानुन बनाउने देशकै पहिलो पालिका हो। कानुनमा भएको व्यवस्थाअनुसार हामी सधैँ सकारात्मक र रचनात्मक ढंगले अघि बढ्नेछौँ।"


महानगरपालिकाको यो निर्णयसँगै वीरगञ्जबाट नियमित रूपमा प्रकाशन हुँदै आएका दर्जनौँ साप्ताहिक पत्रपत्रिका तथा ती सञ्चारमाध्यममा आबद्ध श्रमजीवी पत्रकार प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। सञ्चार क्षेत्रका सरोकारवालाले यसलाई स्थानीय सञ्चारमाध्यमको संरक्षण, प्रवर्द्धन र प्रेस स्वतन्त्रताको सम्मानतर्फ महानगरले चालेको सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्।


COMMENTS


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content