$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

लेखापाल रामविर चौरसियामाथि कमिशनको आरोप, कार्यालयका फाइल घरमै राखेर भुक्तानी गरेको दाबी

  शैलेश गुप्ता पोखरिया (पर्सा), १९ असार। पर्साको पोखरिया नगरपालिकामा कार्यरत लेखापाल रामबीर चौरसियामाथि विकास योजनाको भुक्तानी प्रक्रियामा व...

 



शैलेश गुप्ता पोखरिया (पर्सा), १९ असार।

पर्साको पोखरिया नगरपालिकामा कार्यरत लेखापाल रामबीर चौरसियामाथि विकास योजनाको भुक्तानी प्रक्रियामा व्यापक अनियमितता, कमिशन असुली तथा कार्यालयका सरकारी फाइल निजी निवासमा राखेर काम गर्ने गरेको आरोप लागेको छ। आर्थिक वर्ष २०८२/०८३ समाप्त हुन केही दिन मात्र बाँकी रहेका बेला यस्ता आरोप सार्वजनिक भएपछि नगरपालिकाको आर्थिक प्रशासनमाथि प्रश्न उठ्न थालेको छ।


नगरपालिकासँग सम्बन्धित विभिन्न स्रोतका अनुसार चौरसिया पछिल्लो करिब तीन महिनादेखि नियमित रूपमा कार्यालयमा नबसी आफ्ना निजी बिचौलियामार्फत भुक्तानीसम्बन्धी काम गराउँदै आएका छन्। सेवाग्राही, उपभोक्ता समिति तथा ठेकेदारले भुक्तानीका लागि कार्यालयभन्दा बढी बिचौलियाको सम्पर्क गर्नुपर्ने अवस्था रहेको उनीहरूको दाबी छ।


स्रोतका अनुसार नगरपालिकाअन्तर्गत विभिन्न योजनामा बिरुवा खरिद तथा रोपाइँसम्बन्धी शीर्षकमा वास्तविक काम नै नगरी वा न्यून काम गरी ६० देखि ७० प्रतिशतसम्म कमिशन लिएर भुक्तानी गराउने गरिएको आरोप छ। यसरी सार्वजनिक बजेटको दुरुपयोग भएको आशंका व्यक्त गर्दै सम्बन्धित निकायबाट निष्पक्ष छानबिन हुनुपर्ने माग स्थानीयवासीले गरेका छन्।


त्यस्तै, लेखा शाखामा सुरक्षित राखिनुपर्ने विभिन्न योजनासम्बन्धी फाइलहरू कार्यालयमा नभई लेखापाल चौरसियाले आफ्नै घर वा डेरामा राखेको आरोपसमेत लागेको छ। कार्यालय पुग्ने सेवाग्राहीले आवश्यक फाइल खोज्दा लेखा शाखामा फाइल उपलब्ध नहुने र भुक्तानीसम्बन्धी सम्पूर्ण प्रक्रिया कार्यालयभन्दा बाहिरबाट सञ्चालन भइरहेको दाबी गरिएको छ। सरकारी अभिलेख कार्यालयभन्दा बाहिर राखिनुले पारदर्शिता, जवाफदेहिता र अभिलेख सुरक्षामाथि गम्भीर प्रश्न उठेको स्थानीयहरूको भनाइ छ।


आर्थिक वर्ष २०८२/०८३ समाप्त हुन चार दिन मात्र बाँकी रहँदा, जसमध्ये दुई दिन सार्वजनिक बिदा परेको छ। यस्तो अवस्थामा विकास योजनाको अन्तिम भुक्तानी, हिसाब मिलान तथा सरकारी खाता बन्द गर्ने कार्य अत्यन्त संवेदनशील हुने भए पनि सम्बन्धित लेखापाल नियमित रूपमा कार्यालयमा उपस्थित नभएको आरोपले सेवाग्राहीमा अन्योल बढाएको छ।


स्थानीय भद्रभलाद्मी तथा सरोकारवालाहरूले लेखापालको गतिविधिका कारण पोखरिया नगरपालिकाको छविमा नकारात्मक असर परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य सम्बन्धित निकायले तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेका छन्। दोषी देखिए कानुनबमोजिम कारबाही हुनुपर्ने उनीहरूको भनाइ छ।


यस विषयमा लेखापाल रामबीर चौरसियाको प्रतिक्रिया लिन नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक सम्पर्क नम्बरमा पटक–पटक फोन गर्दा सम्पर्क हुन सकेन। स्रोतका अनुसार उनले सार्वजनिक नम्बर प्रायः बन्द राख्ने वा फोन नउठाउने गरेका छन् भने उनको व्यक्तिगत नम्बरमा सीमित व्यक्तिहरू तथा बिचौलियाहरूले मात्र सम्पर्क गर्न सक्ने अवस्था रहेको आरोप छ। त्यसैले उनको धारणा समाचारमा समावेश गर्न सम्भव भएन। भविष्यमा उनको प्रतिक्रिया प्राप्त भएमा त्यसलाई पनि प्राथमिकताका साथ प्रकाशित गरिनेछ।


समाचारमा उल्लेखित सबै आरोपहरूको सत्यता सम्बन्धित निकायको छानबिनबाट मात्र स्थापित हुने भएकाले सरोकारवाला निकायले निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ।


COMMENTS


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content