$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

छिपहरमाइ गाउँपालिकामा भ्रष्टाचारमुक्त र नागरिकमैत्री शासनका लागि महत्वाकांक्षी प्रस्ताव मेयर गुप्ता द्वारा सार्वजनिक

शैलेश गुप्ता 9 असार पर्सा,    छिपहरमाइ गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्न लागिएका विभि...


शैलेश गुप्ता 9 असार पर्सा,  

 छिपहरमाइ गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्न लागिएका विभिन्न सुधारात्मक तथा विकासमुखी प्रस्ताव सार्वजनिक गरेका छन्। अध्यक्ष गुप्ताले सामाजिक सञ्जालमार्फत गाउँपालिकावासीलाई सम्बोधन गर्दै भ्रष्टाचारमुक्त, सुशासनयुक्त तथा नागरिकमैत्री विकाससहित स्थायी सरकारको नारालाई सार्थक बनाउन आफू बजेट छलफलमा प्रवेश गर्न लागेको बताएका छन्।

उनले आफ्नो स्पष्ट बहुमत नरहे पनि सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरूको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। साथै गाउँपालिकावासीलाई जनप्रतिनिधिहरू समक्ष “हक दे–हक दे” अभियान सञ्चालन गरी जनपक्षीय प्रस्तावहरूको समर्थन गर्न आग्रह गरेका छन्।

सार्वजनिक गरिएका प्रस्तावहरूमा ५० हजार रुपैयाँभन्दा माथिका भौतिक पूर्वाधार योजनाहरू तथा एक हजार रुपैयाँभन्दा बढीका सामग्री खरिदलाई गाउँपालिकाको वेबसाइट र सामाजिक सञ्जालमार्फत ई–बिडिङ प्रणालीबाट खुला प्रतिस्पर्धामा लैजाने व्यवस्था समावेश गरिएको छ। त्यस्तै तालिम कार्यक्रमको बजेट शून्य बनाउने, प्रशासनिक खर्चको विवरण प्रत्येक महिना सार्वजनिक गर्ने तथा कार्यालयका चारपाङ्ग्रे सवारी साधन कार्यालय समयबाहेक प्रयोग नगर्ने प्रस्ताव पनि राखिएको छ।



विकासतर्फ अध्यक्ष गुप्ताले ‘फ्री सिँचाइ योजना’ अन्तर्गत प्रत्येक खेतसम्म विद्युत् लाइन विस्तार गरी कृषि मिटर जडान तथा विद्युत् महसुल निःशुल्क गर्ने योजना अघि सारेका छन्। गरिब परिचयपत्र (ग वर्ग) प्राप्त परिवारलाई खाद्यान्न खरिदमा ५० प्रतिशत छुट दिने व्यवस्था, एमबीबीएस डाक्टरसहित निःशुल्क स्वास्थ्य सेवा, अल्ट्रासाउन्ड सेवा निःशुल्क उपलब्ध गराउने तथा सुत्केरी महिलालाई पाँच हजार रुपैयाँ भत्ता दिने प्रस्ताव पनि सार्वजनिक गरिएको छ।

शिक्षा क्षेत्रमा विद्यालयहरूको दरबन्दी मिलान, प्रत्येक विद्यालयमा सीसीटीभी क्यामेरा तथा डिजिटल हाजिरी प्रणाली जडान, कक्षा १०+२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई उच्च शिक्षामा ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने योजना समेटिएको छ। साथै कक्षा ७, ८ र ९ का छात्रालाई निःशुल्क साइकल वितरण, जस्तापाताले बनेका कक्षाकोठामा फोरसिलिङ तथा हाई भोल्युम फ्यान जडान गर्ने कार्यक्रम पनि प्रस्ताव गरिएको छ।

त्यसैगरी गाउँपालिकाभरका मुख्य चोकहरूमा निःशुल्क वाइफाइ सेवा विस्तार, जिम पार्क निर्माण तथा नवगावामा रहेको खेल मैदानका अधुरा पूर्वाधार पूरा गरी सञ्चालनमा ल्याउने योजना पनि सार्वजनिक गरिएको छ।

अध्यक्ष गुप्ताले यी प्रस्तावहरू गाउँपालिकाको समग्र विकास, सुशासन प्रवर्द्धन तथा नागरिकको जीवनस्तर सुधारका लागि लक्षित रहेको बताएका छन्। अब यी प्रस्तावहरू आगामी बजेट तथा नीति कार्यक्रममा कत्तिको समावेश हुन्छन् भन्ने विषय गाउँपालिका सभाको निर्णयमा निर्भर रहनेछ।


COMMENTS


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content