$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

प्राकृतिक विपत्तिपीडित कुमारी सुनारलाई नयाँ घर हस्तान्तरण, सांसद शाक्यले डेढुखोला पुल निर्माणको प्रतिबद्धता दोहोर्‍याए

  शैलेश गुप्ता पर्सा, १४ असार प्राकृतिक विपत्तिका कारण घरबारविहीन बनेकी पर्साको ठोरी गाउँपालिका–१ भगवाननगर निवासी कुमारी सुनारलाई स्थानीय सम...

 


शैलेश गुप्ता पर्सा, १४ असार

प्राकृतिक विपत्तिका कारण घरबारविहीन बनेकी पर्साको ठोरी गाउँपालिका–१ भगवाननगर निवासी कुमारी सुनारलाई स्थानीय समुदाय, विभिन्न दाताहरू तथा सहयोगीहरूको सामूहिक पहलमा निर्माण गरिएको नयाँ घर आइतबार एक विशेष समारोहबीच हस्तान्तरण गरिएको छ। मानवीय सहयोग र सामुदायिक एकताको उत्कृष्ट उदाहरण बनेको उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा सांसद शाक्यले रिबन काटेर तथा शिलालेख अनावरण गरी नवनिर्मित घरको उद्घाटन गर्नुभयो। त्यसपछि उहाँले घरको साँचो कुमारी सुनारलाई हस्तान्तरण गर्दै विपद्का कारण घर गुमाएकी सुनारको जीवनमा नयाँ सुरुआतको शुभकामना व्यक्त गर्नुभयो।

सम्बोधनका क्रममा सांसद शाक्यले घर निर्माण अभियानलाई सफल बनाउन दिनरात खटिनुभएका उदय थापा तथा आर्थिक, भौतिक र नैतिक रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीदाताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले समाजमा यस्ता मानवीय कार्यले एकता, सहयोग र सामाजिक उत्तरदायित्वको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले आफ्नो निर्वाचन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै डेढुखोला पुल निर्माण आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो। आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिट्टै सम्पन्न गरी निर्माण कार्यलाई ठेक्का प्रक्रियामार्फत अगाडि बढाइने जानकारी दिँदै, उक्त पुल निर्माण गर्न नसके सांसद पदबाट राजीनामा दिनेसम्मको सार्वजनिक प्रतिबद्धता पुनः दोहोर्‍याउनुभयो। "डेढुखोलाको पुल जसरी भए पनि निर्माण गरेरै छाड्छु," भन्दै उहाँले स्थानीयवासीलाई विश्वास दिलाउनुभयो।

सांसद शाक्यले इच्छानगर जोड्ने पुल पनि आगामी आर्थिक वर्षको प्रमुख प्राथमिकतामा रहने जानकारी दिँदै आफ्नो पाँचवर्षे कार्यकालमा ठोरी क्षेत्रको सडक, पुल तथा अन्य पूर्वाधार विकासले उल्लेखनीय गति लिने विश्वास व्यक्त गर्नुभयो। जनतासँग गरेका विकाससम्बन्धी प्रतिबद्धता पूरा गरेरै छाड्ने उहाँको भनाइ थियो।

कार्यक्रममा बोल्दै सन्तोष श्रेष्ठले घर निर्माणका लागि हालसम्म कुल रु. २ लाख २५ हजार खर्च भएको जानकारी दिनुभयो। उहाँका अनुसार विभिन्न व्यक्ति तथा संस्थाबाट हालसम्म रु. १ लाख ५० हजार मात्र सहयोग प्राप्त भएकाले करिब रु. ७५ हजार रकम अझै अपुग रहेको छ। यद्यपि, घर हस्तान्तरण कार्यक्रमकै क्रममा थप रु. २० हजार ५५५ सहयोग रकम संकलन भएको उहाँले जानकारी दिनुभयो।

श्रेष्ठका अनुसार घर निर्माणका लागि सबैभन्दा बढी रु. ५१ हजार आर्थिक सहयोग कृष्ण साहले प्रदान गर्नुभएको थियो। उहाँले बाँकी रकम जुटाउन पनि सहयोगी मनहरूलाई साथ दिन आग्रह गर्नुभयो।

कार्यक्रममा धीरसिंह, भक्त सुनार, संजीव मोक्तान, चेतबहादुर थापा, जगेन्द्र पौडेल तथा कामोध्य चौधरीले शुभकामना मन्तव्य व्यक्त गर्दै विपद्का बेला समुदायको एकता, सहकार्य र मानवीय सहयोगले असहाय परिवारको जीवनमा नयाँ आशा, आत्मविश्वास र सुरक्षित भविष्यको आधार निर्माण गरेको धारणा राख्नुभयो।

घर हस्तान्तरण कार्यक्रमको अध्यक्षता राजेन्द्र कुँवरले गर्नुभएको थियो भने सञ्चालन उदय थापाले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सहयोगीदाता तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थानीयवासीका अनुसार विपत्तिपछि घरबारविहीन बनेकी कुमारी सुनारका लागि समुदायले देखाएको ऐक्यबद्धता र सहयोगले सामाजिक सद्भाव तथा मानवीय संवेदनशीलताको सशक्त उदाहरण प्रस्तुत गरेको छ। नयाँ घर प्राप्त भएसँगै सुनार परिवारले सुरक्षित र सम्मानजनक रूपमा पुनः आफ्नो जीवन अगाडि बढाउने आधार प्राप्त गरेको स्थानीयवासीले बताएका छन्।


COMMENTS


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content