बिरगञ्ज महानगरपालिकाले सरसफाइ व्यवस्थापनको जिम्मा दिएको ठेकेदार कम्पनीका सरसफाइ कर्मीहरूले तलब वृद्धि लगायतका माग राख्दै आइतबारदेखि आन्दोलन सुरु गरेका छन्।
आन्दोलनका क्रममा उनीहरूले बिरगञ्जको घण्टाघर चोक तथा महानगरपालिकाको मूल गेट अगाडि फोहोर थुपारेर विरोध प्रदर्शन गरेका छन्।
यस घटनालाई गम्भीर रूपमा लिँदै बिरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम ले विशेष निगरानी गरिरहनुभएको छ। उहाँले सरसफाइ ठेक्का लिएका ठेकेदार शिव गुप्ता लाई सरसफाइ कर्मीहरूको जायज मागबारे तत्काल छलफल गरी यथाशीघ्र समाधानको पहल गर्न निर्देशन दिनुभएको छ।
कार्यवाहक नगर प्रमुख आलमले नगरवासीलाई सास्ती नहोस् र शहरको नियमित सरसफाइ प्रभावित नहोस् भन्ने उद्देश्यले महानगरपालिकाले आवश्यक समन्वय र पहल गरिरहेको बताउनुभएको छ। साथै, महानगरले सरसफाइ सेवामा कुनै अवरोध आउन नदिन आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।




COMMENTS