$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

कार्यवाहक नगरप्रमुख आलमको निर्देशनपछि वीरगन्जमा सरसफाइ अभियान तीव्र

  वीरगन्ज, असार १३। वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष निर्देशनपछि महानगरका विभिन्न बजार क्षेत्रमा फोहोर संकलन ...

 


वीरगन्ज, असार १३।

वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष निर्देशनपछि महानगरका विभिन्न बजार क्षेत्रमा फोहोर संकलन र जाम भएका नालाहरू सफा गर्ने कार्यलाई तीव्रता दिइएको छ।

महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र मानिने अलखियामठ, आदर्शनगर लगायतका क्षेत्रमा केही समयदेखि फोहोर थुप्रिने र नाला जाम हुने समस्याका कारण स्थानीय बासिन्दा तथा व्यवसायीले सास्ती खेप्दै आएका थिए। जनगुनासो बढेपछि कार्यवाहक नगरप्रमुख आलमले सरसफाइ शाखा र प्राविधिक टोलीलाई तत्काल परिचालन गर्न निर्देशन दिएका हुन्।

निर्देशनलगत्तै महानगरको सरसफाइ टोली आवश्यक उपकरण र सवारीसाधनसहित प्रभावित क्षेत्रमा खटिएको छ। सडक तथा गल्लीहरूमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गर्ने कार्य भइरहेको छ भने बजारको आवागमनमा असर नपर्ने गरी सरसफाइ अभियान सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ।

वर्षायामलाई ध्यानमा राख्दै पानी जम्ने जोखिम कम गर्न जाम भएका नालाहरू सफा गर्ने, थुनिएको पानीको निकास खुलाउने तथा ढल प्रणालीलाई नियमित बनाउने कामसमेत तीव्र रूपमा अघि बढाइएको छ।

कार्यवाहक नगरप्रमुख आलमको सक्रियतापछि बजार क्षेत्रको सरसफाइमा सुधार देखिन थालेको भन्दै स्थानीय व्यवसायी तथा सर्वसाधारणले महानगरपालिकाको पहलको स्वागत गरेका छन्।

महानगरपालिकाले बजार क्षेत्रलाई स्वच्छ, सुन्दर र दुर्गन्धमुक्त बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै, फोहोर जथाभावी नफाल्न र नालामा अवरोध पुग्ने गरी कुनै पनि सामग्री नराख्न सम्पूर्ण नगरवासीसँग अपिल गरेको छ।


COMMENTS


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content