$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

बीरगंज महानगरपालिकाद्वारा ४ अर्ब ४२ करोडभन्दा बढीको बजेट प्रस्तुत

शैलेश गुप्ता बीरगंज, ११ असार । देशभरका स्थानीय तहहरूमा असार १० गते नगरसभा तथा गाउँसभा सञ्चालन भइरहेका बेला बीरगंज महानगरपालिकाले आफ्नो २० औँ...


शैलेश गुप्ता

बीरगंज, ११ असार ।

देशभरका स्थानीय तहहरूमा असार १० गते नगरसभा तथा गाउँसभा सञ्चालन भइरहेका बेला बीरगंज महानगरपालिकाले आफ्नो २० औँ नगर अधिवेशन सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।


कार्यवाहक महानगर प्रमुख ईम्तियाज आलमको अध्यक्षतामा सम्पन्न अधिवेशनमा कार्यपालिका सदस्य जगत प्रसाद साह कानुले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका हुन्।


प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, सरसफाइ, सडक बत्ती तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत नागरिकमैत्री सेवा प्रवाह, सुशासन प्रवर्द्धन तथा समग्र विकासलाई केन्द्रमा राखिएको जनाएको छ।


अधिवेशनलाई सम्बोधन गर्दै कार्यवाहक महानगर प्रमुख आलमले महानगरको समग्र विकास, सुशासन र जनमुखी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ बजेट ल्याइएको बताउँदै विकास निर्माणका कार्यलाई थप तीव्रता दिइने प्रतिबद्धता व्यक्त गरे।


कार्यक्रमको प्रारम्भमा महानगरपालिकाका आय लेखापरीक्षक हरि शंकर राउत कुर्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।


नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि विस्तृत छलफल पश्चात सर्वसम्मत रूपमा पारित गरिएको महानगरपालिकाले जनाएको छ।


बीरगंजस्थित नगर सभागृहमा आयोजित अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहरा, वडा नं. १ देखि ३२ सम्मका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू, सञ्चारकर्मी, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


सहभागीहरूले प्रस्तुत बजेट तथा कार्यक्रमले महानगरको विकास, आर्थिक समृद्धि तथा नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। साथै महानगरको दिगो विकास, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ बनाउने साझा प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।


सौहार्दपूर्ण तथा भव्य वातावरणमा सम्पन्न बीरगंज महानगरपालिकाको २० औँ अधिवेशनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट महानगरको विकास र समृद्धिको महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।


COMMENTS


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content