$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पोखरियामा बैश्य समाज नगर समिति गठन, सामाजिक एकता र अधिकारका लागि सक्रिय हुने प्रतिबद्धता

शैलेश गुप्ता २७ बैशाख, पोखरिया । पर्साको पोखरिया नगरपालिकास्थित शिवाय बैँकेट पार्टी प्यालेसमा आज आयोजित एक विशेष कार्यक्रमबीच बैश्य समाज पोख...



शैलेश गुप्ता २७ बैशाख, पोखरिया ।

पर्साको पोखरिया नगरपालिकास्थित शिवाय बैँकेट पार्टी प्यालेसमा आज आयोजित एक विशेष कार्यक्रमबीच बैश्य समाज पोखरिया नगर समिति गठन गरिएको छ। समाजका सचिव तथा सञ्चारकर्मी शैलेश साह कानुले उक्त जानकारी दिएका हुन्।

बैश्य समाज पर्साका जिल्ला अध्यक्ष डा। सन्तोष कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तेली समाज नेपालका केन्द्रीय अध्यक्ष विश्वनाथ साह तेली प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा कानु समाज नेपालका केन्द्रीय अध्यक्ष किशोरी साह कानु, पूर्व सांसद अरिनारायण रौनियार, पोखरिया नगरपालिकाका पूर्व मेयर दिपनारायण प्रसाद रौनियार, बैश्य समाज नेपालका केन्द्रीय सदस्य असरफी साह तेली, तेली समाज नेपाल पोखरिया नगर समितिका अध्यक्ष मोहन साह तेली, राजेश प्रसाद रौनियारलगायत विभिन्न समाजसेवी तथा अगुवाहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममार्फत ९ सदस्यीय बैश्य समाज पोखरिया नगर समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। समितिको अध्यक्षमा रामेश्वर साह तेली, उपाध्यक्षमा अजय प्रसाद कलवार, सचिवमा शैलेश साह कानु चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा उमेश साह कानु, बलिराम साह तेली, रामचन्द्र साह तेली, शिनाथ साह तेली, साधु साह रौनियार तथा रामचन्द्र साह तेली रहेका छन्।


नवनिर्वाचित पदाधिकारीहरूले बैश्य समाजको एकता, सामाजिक विकास, शिक्षा, आर्थिक सशक्तिकरण तथा राज्यका विभिन्न निकायमा समुदायको सहभागिता बढाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वक्ताहरूले हालसम्म समुदाय छरिएर रहेको उल्लेख गर्दै आगामी दिनमा संगठित भएर समाजको हकहित र उत्थानका लागि अघि बढ्न आवश्यक रहेको बताएका थिए।

बैश्य समाजको इतिहास

बैश्य समाज हिन्दू वर्ण व्यवस्थाअन्तर्गत पर्ने चार प्रमुख वर्णमध्ये तेस्रो वर्णका रूपमा परिचित छ। प्राचीन कालदेखि व्यापार, कृषि, पशुपालन तथा आर्थिक गतिविधिमा संलग्न समुदायलाई बैश्य भनिने गरिएको इतिहासमा उल्लेख पाइन्छ। “वैश्य” शब्द संस्कृत भाषाबाट आएको मानिन्छ, जसको अर्थ व्यापार तथा उद्यमसँग सम्बन्धित समुदाय भन्ने बुझिन्छ।

नेपाल तथा भारतका विभिन्न क्षेत्रमा तेली, कलवार, कानु, रौनियार, तुरहा, गोड, सोनार, बरै चौरसिया,वर्णवाल लगायतका साह समुदायहरूलाई व्यापक रूपमा बैश्य समुदायअन्तर्गत राखिने गरिन्छ। यस समुदायले स्थानीय व्यापार, खाद्यान्न आपूर्ति, उद्योग तथा सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको इतिहास छ।

समयसँगै बैश्य समुदायले शिक्षा, राजनीति, सामाजिक सेवा तथा व्यवसायिक क्षेत्रमा समेत आफ्नो प्रभाव विस्तार गर्दै आएको छ। पछिल्लो समय विभिन्न जिल्लामा बैश्य समाज गठन गरी समुदायको हकअधिकार, सामाजिक एकता, पहिचान र विकासका लागि संगठित प्रयासहरू हुँदै आएका छन्।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content