पोखरिया, पर्सा । पोखरिया नगरपालिका ले सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ।
नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार नगर क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको अभिलेख तयार गरी व्यवस्थापन गर्ने र अतिक्रमण हटाउने कार्य अघि बढाइएको जनाएको छ।
नगरपालिकाले जारी गरेको सूचनामा नगर क्षेत्रभित्र कुनै पनि सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको भए ३५ दिनभित्र खाली गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ। साथै सार्वजनिक जग्गाको विवरण उपलब्ध गराउन सर्वसाधारणसँग समेत अनुरोध गरिएको छ।
सूचनाअनुसार नगरपालिकाभित्र रहेका सुकुम्बासीहरूले समेत सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा निवेदन तथा सूचना दिन सक्ने व्यवस्था गरिएको छ।
जग्गाको विवरण उपलब्ध गराउनका लागि वडा नम्बर, क्षेत्रफल, हालको अवस्था तथा जग्गाको किसिम उल्लेख गर्नुपर्ने फारमसमेत सूचनासँगै प्रकाशित गरिएको छ।
उक्त सूचना प्रमुख प्रशासकीय अधिकृत कोशल कुमार झा द्वारा जारी गरिएको हो।




COMMENTS