वीरगंज, २७ वैशाख । वीरगंजका विभिन्न क्यासिनोहरूमा अवैध रूपमा प्रवेश गरी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जना भारतीयसहित ५ जनालाई नियन...
वीरगंज, २७ वैशाख । वीरगंजका विभिन्न क्यासिनोहरूमा अवैध रूपमा प्रवेश गरी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जना भारतीयसहित ५ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा शनिवार राति करिब ११ः४० बजेको समयमा वीरगंजका क्यासिनोहरूमा अवाञ्छित र शङ्कास्पद गतिविधि भइरहेको सूचना पाएपछि परिचालन भएको थियो। प्रहरीले किङ क्यासिनो, फर्चुन सिटी गेमिङ क्लब, र क्यासिनो माजोङमा एकसाथ खानतलासी गर्दा ५ जना भारतीय नागरिक र १ जना स्थानीय नेपाली नागरिकहरुलाई अवैध रुपमा जुवा खेलिरहेको आरोपमा पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा भारत बिहार घर बनाउने गणेश कुमार (२६ वर्ष), सन्दिप कुमार (३८ वर्ष), सुरज प्रसाद (३१ वर्ष), अल्लाह यादव (४३ वर्ष), ओमप्रकाश यादव (३६ वर्ष) र वीरगंज–३२ निवासी जमुदिन मियाँँ अन्सारी (३७ वर्ष) रहेका छन् ।
प्रहरीले छापा मार्ने क्रममा जुवा खेल्न प्रयोग गरिने सामग्री ५०० दरको क्यासिनो सिक्का (क्वाइन), नेपाली रुपियाँँ ५५५ र भारतीय रुपियाँँ १,२०० , दुर्ई थान रेडमी कम्पनीका मोबाइल फोनहरू बरामद गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतले जनाएका छन् ।
उनका अनुसार पक्राउ परेका व्यक्तिहरूले क्यासिनोको नियमविपरीत अनधिकृत रूपमा प्रवेश गरी जुवातास खेलेको पाइएको छ। उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ र प्रचलित कानुन बमोजिम थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।

COMMENTS