पर्सा — नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य निर्मला देवकोटा, पर्सा क्षेत्र नं. ३ का युवा उम्मेदवार रुपेश पाण्डेय तथा राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला सचिव राकेश महतो लगायतका नेताहरूको सक्रियता पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको छ।
विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रमहरूमा सहभागिता जनाउँदै यी नेताहरूले पार्टी संगठन सुदृढीकरण, युवा परिचालन तथा जनतासँगको सम्बन्ध विस्तारमा विशेष ध्यान दिएका छन्। कार्यक्रममा बोल्दै नेताहरूले देशको समग्र विकासका लागि स्थिर राजनीतिक नेतृत्व आवश्यक रहेको औंल्याएका थिए।
केन्द्रिय सदस्य देवकोटाले पार्टीको नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै युवाहरूको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। त्यसैगरी, युवा उम्मेदवार पाण्डेयले पर्सा क्षेत्र नं. ३ मा विकास निर्माणका योजनाहरूलाई प्राथमिकतामा राख्दै जनताको अपेक्षा अनुसार काम गर्ने बताएका छन्।
राष्ट्रिय युवा संघ नेपाल पर्साका सचिव महतोले युवाहरूलाई राजनीति र सामाजिक सेवामा सक्रिय सहभागिता जनाउन आह्वान गर्दै संगठनलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उक्त नेताहरूको सक्रियताले पर्सा जिल्लामा एमालेको संगठन विस्तार र जनआधार मजबुत बन्ने अपेक्षा गरिएको छ।




COMMENTS