$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पोखरिया–७ महोबनी विद्यालयमा भारत सरकारको सहयोगमा नयाँ विद्यालय भवन निर्माण कार्य शुरू

पोखरिया, १ वैशाख २०८३ । पर्सा जिल्लाको पोखरिया नगरपालिका–७ मा अवस्थित महोबनी पदम माध्यमिक विद्यालयमा भारत सरकारको सहयोगमा नयाँ विद्यालय भव...
पोखरिया, १ वैशाख २०८३ । पर्सा जिल्लाको पोखरिया नगरपालिका–७ मा अवस्थित महोबनी पदम माध्यमिक विद्यालयमा भारत सरकारको सहयोगमा नयाँ विद्यालय भवन निर्माण कार्य शुरू गरिएको छ। उक्त भवन ७ करोड २५ लाख रुपियाँँको लागतमा तीन तल्ले बन्ने जनाइएको छ।

मंगलवार आयोजित एक कार्यक्रमका बीच भारतीय महावाणिज्य दूतावास का महावाणिज्यदूत देवी सहाय मिणा र पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहान ले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन।

नेपाल–भारत विकास सहयोग कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको उक्त भवनका लागि ६ करोड ५३ लाख रुपियाँँ भारत सरकारले उपलब्ध गराएको छ भने बाँकी ७२ लाख रुपियाँँ पोखरिया नगरपालिका ले व्यहोर्ने जनाएको छ।
कार्यक्रममा महावाणिज्यदूत मीणाले परियोजनाले स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे । उनले उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम नेपाल–भारत विकास साझेदारीको महŒवपूर्ण अङ्ग भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा भारत सरकार निरन्तर सहयोगरत रहेको 
बताए ।

हाल मधेस प्रदेशमा भारत सरकारले ८८ वटा परियोजना स्वीकृत गरेकामा ६१ वटा सम्पन्न भइसकेका छन् भने २७ वटा कार्यान्वयनका चरणमा छन् । तीमध्ये ५३ वटा परियोजना शिक्षा क्षेत्रसँग सम्बन्धीत छन् । पर्सा जिल्लामा स्वीकृत १० परियोजनामध्ये ७ वटा सम्पन्न भइसकेका छन् भने ३ वटा निर्माणाधीन अवस्थामा रहेको छ ।

यसैगरी, भारत सरकारले हालसम्म नेपालभर एक हजार ४९ वटा एम्बुलेन्स र ३८१ वटा विद्यालय बस उपलब्ध गराएको छ । मधेस प्रदेशमा २३२ वटा एम्बुलेन्स र ४० वटा विद्यालय बस तथा पर्सा जिल्लामा ३० वटा एम्बुलेन्स र ५ वटा विद्यालय बस वितरण गरिएको जानकारी गराइएको थियो ।

नयाँ भवन निर्माणपछि शैक्षिक पूर्वाधार सुदृढ भई विद्यार्थीहरूले सुरक्षित तथा आधुनिक वातावरणमा अध्ययन गर्ने अवसर पाउने अपेक्षा गरिएको छ ।

कार्यक्रमका मेयर चौहानले निर्माणाधीन भवनले स्थानीय शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिमा  महŒवपूर्ण  योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले विद्यार्थीहरूलाई आधुनिक र सुरक्षित शैक्षिक वातावरण उपलब्ध गराउन यो परियोजना अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै भारत सरकारप्रति आभार व्यक्त गरे । साथै, निर्माण कार्य समयमैं सम्पन्न गरी प्रभावकारीरूपमा सञ्चालनमा ल्याउन पालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष लक्ष्मण शाह कानु, परमाननद पटेल, नौसाद आलम, नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, पोखरिया नगर कमिटी अध्यक्ष बिन्दाचल ठाकुर, नेकपाका नगर अध्यक्ष पन्नालाल पटेल, नेता निजामुद्दिन सामानी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको पनि उल्लेखनीय सहभागीता रहेको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पर्वत ठाकुरले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
Uploaded Image

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content