वीरगंज, ३० चैत । वीरगंजमा प्रहरी जवान विकास चौरसियाको हत्या विवाहेतर प्रेम सम्बन्धका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पर्साक...
वीरगंज, ३० चैत । वीरगंजमा प्रहरी जवान विकास चौरसियाको हत्या विवाहेतर प्रेम सम्बन्धका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पर्साको कालिकामाई गाउँँपालिका–१ मुडली घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत २८ वर्षीय चौरसियाको आइतवार साँझ वीरगंज महानगरपालिका–११ रानीघाटस्थित एक घरमा कुटपिटपछि मृत्यु भएको हो।
प्रहरीका अनुसार, रानीघाटस्थित भारतीय महावाणिज्य दूतावास पछाडि रहेको फिरोज मियाँँको घरमा डेरा लिएर बस्दै आएका रौतहटका सन्तोष साह (२६) र उनकी पत्नी सोनी कुमारी साह (२४) को कोठामा पुगेका बेला चौरसियामाथि आक्रमण गरिएको थियो।
घटनामा संलग्न रहेको आरोपमा सन्तोष साह, उनकी पत्नी सोनी कुमारी साह, बाराको महागढी नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह र भारतको उत्तरप्रदेश अलीगढका २१ वर्षीय ओमवीर प्रजापतिलाई प्रहरीले घटनाकै दिन पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार चौरसिया र सोनीबीच रहेको विवाहेतर सम्बन्धका कारण सन्तोषले हत्या योजना बनाएका थिए। सोही योजनाअनुसार सन्तोषले आफ्ना साथीहरूलाई कोठामा बोलाई राखेका थिए र पत्नीमार्फत चौरसियालाई फोन गरेर बोलाइएको थियो।
चौरसिया कोठामा पुगेपछि चारै जनाले रड प्रयोग गरी निर्घात कुटपिट गर्दा गम्भीर घाइते भएका उनको ज्यान गएको प्रहरीले जनाएको छ।
घटनापछि तत्कालै पुगेको प्रहरी टोलीले चारै आरोपितलाई नियन्त्रणमा लिएको छ भने घटनावारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

COMMENTS