शैलेश गुप्ता 22 चैत्र पोखरिया
पर्सा — स्थानीय स्रोतका अनुसार, पोखरिया नगरपालिकामा कार्यरत लेखापालहरूमाथि प्रभाव पार्ने उद्देश्यले ठेकेदार दिपेन्द्र यादवले अस्वाभाविक गतिविधि गरिरहेको खुलेको छ। स्रोतका अनुसार, यादव प्रायः काम पाउने क्रममा जनप्रतिनिधि र कर्मचारीहरूलाई प्रलोभनमा पार्ने तरिका अपनाउँछन्।
स्रोतले खुलाएका विवरण अनुसार, यादव जुनसुकै लेखापालको घरमा गएर बस्ने र खाने व्यवस्था आफैं मिलाउने गरेका छन्। केही घटनामा उनी कर्मचारीहरूको घरसम्म मासु ,माछा।तरकारी, दाल, चामल जस्ता सामग्री पुर्याउने समेत गरेको देखिएको छ। यस्तो व्यवहारले लेखापालहरूलाई आफ्नो पक्षमा आकर्षित गर्ने प्रयासको संकेत दिन्छ।
स्रोतहरूले भनेका छन् कि, “उहाँले जसरी भए पनि लेखापालहरूलाई आफ्नो तर्फ आकर्षित गर्नुहुन्छ। यसले कार्यालयको पारदर्शिता र निष्पक्षतालाई असर पुर्याउने खतरनाक संकेत हो।”
यादवको कमिसन र प्रलोभनको भरमा काम लिने शैलीले पनि स्थानीय कामको गुणस्तरमा असर पुर्याएको देखिन्छ। उदाहरणका लागि, वडाहरूमा वितरण गरिएको रुखहरूको टुटबिरुवा देखिँदैन, जसले काम सम्पन्न नभएको स्पष्ट संकेत दिन्छ। केही ठाउँमा काम नै नगरी पेमेन्ट गराउन खोजिएको पनि स्थानीय स्रोतले बताएका छन्।
हाल, पोखरिया नगरपालिकाले यस विषयमा औपचारिक छानबिन गर्ने तयारी गरेको प्रशासन शाखा प्रमुख सञ्जय कुमार पाण्डेयले जानकारी दिए।




COMMENTS