शैलेश गुप्ता २० चैत पोखरिया पर्साको पोखरियास्थित मालपोत कार्यालयमा अनावश्यक प्रवेश गरी सेवाग्राही र कर्मचारीलाई हैरान बनाउने कार्यमा संलग्न...
शैलेश गुप्ता २० चैत पोखरिया
पर्साको पोखरियास्थित मालपोत कार्यालयमा अनावश्यक प्रवेश गरी सेवाग्राही र कर्मचारीलाई हैरान बनाउने कार्यमा संलग्न तीन बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले शुक्रबार मालपोत कार्यालयमा अनधिकृत रुपमा प्रवेश गरी सेवाग्राहीलाई दबाब दिने र कार्यालयको कामकाजमा बाधा पुर्याउने तीन जनालाई नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिंदै भने, “कार्यालयभित्र छिरेर सेवाग्राही र कर्मचारीलाई दुःख दिने सम्बन्धमा गुनासो प्राप्त भएपछि तत्काल नियन्त्रणमा लिइएको हो।”
प्रहरीले अहिले नियन्त्रणमा लिइएका तीनै जनालाई ईलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक विवरण अनुसार ती व्यक्तिहरूले आफूहरू लेखापढी व्यवसायीसँग सम्बन्धित भएको दाबी गरेका छन्। प्रहरी निरीक्षक पौडेलले थप छानबिन भइरहेको र आवश्यक कानुनी कारबाही अघि बढाइने जानकारी दिएका छन्।
मालपोत कार्यालयमा अनावश्यक दबाब र बिचौलिया गतिविधिले सेवाग्राहीहरूमा असुविधा सिर्जना गरेको र कार्यालयको नियमित कामकाजमा बाधा पुगेको छ। प्रहरी स्रोतका अनुसार, नियन्त्रणमा लिइएका बिचौलियाहरूले सेवाग्राहीलाई सेवा लिनका लागि अनावश्यक शुल्क लिन प्रयास गरेका थिए भन्ने आशंका गरिएको छ।
यसैबीच, मालपोत कार्यालयका कर्मचारीहरू र स्थानीय सेवाग्राहीले प्रहरीको छिटो कारबाहीको सराहना गरेका छन्। घटना थप अनुसन्धान भइरहेको र आवश्यक परे कानूनी प्रक्रिया अगाडि बढाइने प्रहरीको जनाएको छ।
यो घटनाले कार्यालयमा सुरक्षा व्यवस्थालाई थप कडा बनाउने आवश्यकताबारे चर्चा पनि सुरु भएको छ।




COMMENTS