$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

वन संरक्षणसँगै पर्यापर्यटन विकासमा नयाँ अभियान

  पर्सा  पर्सागढी नगरपालिका–३ झवराहस्थित ईन्दु झवराह जंगल रिसोर्टले वन संरक्षण र पर्यापर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै नयाँ अभियान स...

 




पर्सा 

पर्सागढी नगरपालिका–३ झवराहस्थित ईन्दु झवराह जंगल रिसोर्टले वन संरक्षण र पर्यापर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै नयाँ अभियान सुरु गरेको छ। यसैक्रममा सबैया साझेदारी वन उपभोक्ता समूहका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरिएको छ।

रिसोर्ट परिसरमा आयोजित कार्यक्रममा सञ्चालकले नव निर्वाचित सदस्यहरूलाई खादा लगाएर सम्मान व्यक्त गरेका थिए। कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद, सबैया सब–डिभिजन कार्यालयकी रेन्जर कविता दास, सबैया साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष लखनलाल साह, उपाध्यक्ष असलम आलमसहित विभिन्न सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

“वन जोगाऔं–पर्यावरण बचाऔं” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा वन संरक्षण र पर्यटन विकासलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिइयो। रिसोर्टका प्रबन्धक मणिन्द्रलाल नेपालीले पर्सा क्षेत्रमा पहिलोपटक जंगल रिसोर्ट सञ्चालन गरी प्रकृति, वन्यजन्तु र जैविक विविधताको अवलोकन गराउने लक्ष्य राखिएको बताए।

उनले पर्यटक आकर्षण बढाउन तथा पर्यटन उद्योगलाई टेवा पुर्‍याउन केही आवश्यक पूर्वाधार विकासका विषयहरू पनि अघि सारे। जसअनुसार साझेदारी वनदेखि पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोस्टसम्म ग्राभेल सडक निर्माण, निर्माण भइसकेको हात्तीसार सञ्चालनमा ल्याउने, प्रयोगविहीन पोखरी क्षेत्रमा भ्यू टावर निर्माण गर्ने तथा वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न पोखरी निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

यस्तै, जंगल क्षेत्रमा अनियन्त्रित मानव प्रवेशका कारण वन विनाश बढ्दै गएको उल्लेख गर्दै तारबारसहित एकद्वार प्रणाली लागू गर्नुपर्ने सुझाव दिइएको छ। रिसोर्टले यस्ता संरचना निर्माण तथा व्यवस्थापनको जिम्मेवारी लिन तयार रहेको जनाएको छ।

कार्यक्रमका वक्ताहरूले वन संरक्षण, स्थानीय सहभागिता र पर्यापर्यटन विकासलाई सन्तुलित रूपमा अघि बढाउन सके पर्सालाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरेका छन्।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content