शैलेश गुप्ता 28 चैत्र पोखरिया
पर्सा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुशील कुमार कानुलाई प्रतिनिधि सभा अन्तर्गतको “कानुन, न्याय तथा मानव अधिकार संसदीय समिति”को सदस्यमा मनोनयन गरिएको छ।
प्रतिनिधि सभाले उनलाई उक्त महत्वपूर्ण समितिमा समावेश गर्ने निर्णय गरेको हो। यस समितिले देशको कानुनी व्यवस्था सुदृढीकरण, न्याय प्रणालीको प्रभावकारिता अभिवृद्धि तथा मानव अधिकार संरक्षणसँग सम्बन्धित विषयमा नीति निर्माण, अनुगमन र आवश्यक निर्देशन दिने जिम्मेवारी निर्वाह गर्दै आएको छ।
कानुको मनोनयनसँगै पर्सा क्षेत्रका जनताको आवाज संसदमार्फत अझ प्रभावकारी रूपमा उठ्ने अपेक्षा गरिएको छ। साथै, कानुनी सुधार र मानव अधिकारको संरक्षणमा उनले सक्रिय भूमिका खेल्ने विश्वास गरिएको छ।
उनको मनोनयनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणले हार्दिक बधाई व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।




COMMENTS