शैलेश गुप्ता 28 चैत्र पोखरिया
पर्सा क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मा. टेकबहादुर शाक्यलाई प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सदस्यमा मनोनयन गरिएको छ।
प्रतिनिधि सभाले उनलाई उक्त महत्वपूर्ण समितिमा समावेश गर्ने निर्णय गरेको हो। समितिले देशको औद्योगिक विकास, व्यापार व्यवस्थापन, श्रमिक अधिकार तथा उपभोक्ता हित संरक्षणसँग सम्बन्धित विषयमा नीति निर्माण, अनुगमन र निर्देशन गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
शाक्यको मनोनयनसँगै पर्सा क्षेत्रका उद्योग, व्यापार तथा श्रमिकका समस्याहरू संसदमार्फत प्रभावकारी रूपमा उठ्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय स्तरका सरोकारहरूलाई राष्ट्रिय नीतिमा समेट्न उनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
उनको मनोनयनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणले खुशी व्यक्त गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।




COMMENTS