रामविश्वास चौधरी १० चैत पोखरिया
पोखरिया नगरपालिका वडा नं. १ बनकटवामा एक जना क्यान्सर पीडित बिरामीलाई खाद्यान्न सामग्री तथा कम्बल वितरण गरिएको छ।
उक्त सहयोग “उपकार सेवा नेपाल” र “लायन्स क्लब” को संयुक्त पहलमा सम्पन्न भएको हो। कार्यक्रममा उपकार सेवा नेपालका अध्यक्ष विध्या कुमारी शरावगी, लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानी, रामाधार मुखिया बिन, लायन्स क्लब अफ बीरगंज ह्यूमैनिटीका अध्यक्ष अमर कान्त झा तथा सचिव ललन तिवारी लगायतको उपस्थिति रहेको थियो।
सहयोग स्वरूप बिरामीको घरमै पुगेर दाल, चामल, आलु, तेल, नुन, होर्लिक्स, बिस्कुट तथा कम्बल हस्तान्तरण गरिएको आयोजकहरूले जनाएका छन्।
यस प्रकारको सहयोगले बिरामीको दैनिक जीवनयापन सहज बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। साथै, सहयोगी मनहरूलाई यस्ता पीडित तथा असहाय व्यक्तिहरूको सहयोगमा आ-आफ्नो ठाउँबाट सक्दो हातेमालो गर्न आग्रह गरिएको छ।




COMMENTS