$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पार्टीमा राजनीतिक बेइमानहरू क्यान्सर बने, क्यान्सर फालेर अगाडि बढौं: रुपेश पाण्डेय

  अघिल्लो संसदमा दोस्रो ठूलो दल बनेको नेकपा एमाले यसपटक तेस्रो दल बन्न पुगेको छ। एमाले २०६४ सालको पहिलो संविधान सभा निर्वाचन यता पहिलो पटक र...

 



अघिल्लो संसदमा दोस्रो ठूलो दल बनेको नेकपा एमाले यसपटक तेस्रो दल बन्न पुगेको छ। एमाले २०६४ सालको पहिलो संविधान सभा निर्वाचन यता पहिलो पटक रक्षात्मक अवस्थामा पुगेको हो। रास्ट्रिय स्वतन्त्र पार्टीप्रतिको आकर्षण बढेर दुई तिहाई नजिक मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश उम्मेदवार पराजित भएका छन् । 
अहिले एमालेभित्र शुद्धीकरण तथा नयाँ नीतिसहित अगाडि बढ्नुपर्ने आवाज उठिरहेको छ । कतिपयले ओलीको नेतृत्वमा एमाले अगाडि बढ्न नसक्ने बताइरहँदा कतिपयले भने जरैदेखि शुद्धीकरण गरेर एमालेलाई नयाँ शीराबाट अगाडि लैजानुपर्ने आवाज उठाइरहेका छन् । 
यसैबीचमा, एमाले पर्सा ३ का नेता रुपेश कुमार पाण्डेय अब पार्टीलाई नयाँ शीराबाट अगाडि बढाउनका लागि गाउँगाउँमा खटिनुपर्ने आवाज उठाउन थालेका छन् । पार्टीभित्र उनको मत बलियो बन्दै गएको छ । उनले पार्टीलाई एकताबद्ध बनाउने, निर्वाचनमा एमालेमा बसेरै फरक दललाई सहयोग गरेका नेता तथा कार्यकर्ताहरूको पहिचान गरी निर्मम रूपमा समीक्षा र कारबाही गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । 
उनी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का एमालेका तर्फबाट पराजीत भए । उनलाई रास्वपाका ....ले पराजीत गरेका थिए । त्यससँगै उनले आफू सांसद नभएपनि गाउँमै र गाउँकै विकासमा खटिने सन्देश दिइसकेका छन् । उनले पार्टीलाई पनि गाउँगाउँमा नयाँ ढंगबाट अगाडि बढाउने योजना बनाइरहेका छन् । पाण्डेयको अबको योजना के ? पार्टी अब कसरी अगाडि बढ्नुपर्छ भन्ने लगायतका समसामयिक विषयमा हामीले पाण्डेयसँग कुराकानी गरेका छौं । हेरौं, पाण्डेयसँगको कुराकानीको सम्पादित अंश:










पर्सा क्षेत्र नम्बर ३ मा तपाईंको राजनीतिक प्राथमिकता के रहनेछ?
पर्सा–३ मा २ वटा नगरपालिका र ५ वटा गाउँपालिका छन् । मेरो पहिलो प्राथमिकता भनेको पार्टीलाई एकताबद्ध बनाउनु हो । विगतमा भएका कमजोरीहरूलाई सच्याउँदै सबै तहमा कार्यकर्तालाई संगठित गरेर अगाडि बढ्नेछु । यस क्षेत्रका सबै स्थानीय तहमा एमालेलाई विजयी गराउने लक्ष्यका साथ सक्रिय रूपमा खटिने योजना छ ।
हालैको निर्वाचनमा तपाईं सहित पार्टीले नै किन ठूलो पराजय ब्यहोर्नुपरेको जस्तो लाग्छ ?
पार्टी बाहिर एकदमै बलियो थियो । तर भित्र निकै नै मक्किएको अवस्थामा थियो । यही अवस्थामा पार्टीका केही गलत प्रवृत्तिका पात्रहरूले एमालेमा अवसर लिएर अन्य दललाई सहयोग गरे । पार्टी नेतृत्वले पार्टीभित्रको समस्या पहिले नै चिनेर समाधानका लागि अगाडि बढ्नुपर्नेमा त्यसो गर्न सकेनन् । जसले गर्दा अहिले समस्या भयो । पार्टीले ठूलो पराजय ब्यहोर्नुको अर्को कारण राजनीतिक बेइमानी पनि हो । एउटा पार्टीको सदस्य बनेर अर्को पार्टीका नेता जिताउन मत माग्ने जुन गैरराजनीतिक काम भयो, त्यो माफी दिनै नसकिने अपराध जस्तै हो । यसलाई हटाउन पार्टी नेतृत्व निर्मम बन्न जरूरी छ ।  
पार्टीभित्रको अनुशासन र आन्तरिक समस्या समाधान कसरी गर्न सकिन्छ ?
पार्टीभित्र अनुशासन अत्यन्तै महत्वपूर्ण कुरा हो। एमालेको झण्डामुनि बसेर अन्य चिन्हमा भोट माग्ने, पार्टीविरुद्ध काम गर्नेहरूलाई कडाइका साथ कारबाही गर्नुपर्छ । यस्ता गतिविधिले संगठन कमजोर बनाउँछ । त्यसैले पार्टी कमिटीले प्रत्येक क्षेत्रमा छलफल गरेर अनुशासन उल्लंघन गर्नेहरूलाई पहिचान गरी कारबाही गर्नुपर्छ ।






तपाईंले ‘शुद्धीकरण अभियान’ को कुरा गर्नुभएको छ, एमालेमा यो सम्भव छ ? 
हो, यो सम्भव छ र एकदमै आवश्यक पनि छ । हामीले एक महिनाको समय दिएर पार्टीभित्र शुद्धीकरण अभियान चलाउनुपर्छ। यो अवधिमा पार्टीभित्र रहेका समस्या, कमजोरी र गुटबन्दीको ‘क्यान्सर’ पत्ता लगाएर त्यसलाई निर्मूल पार्न सकिन्छ । पार्टीमा रहेका धमिराहरूलाई चिनेर कारबाही गरेपछि मात्रै संगठन बलियो हुन्छ र फेरि नयाँ उचाइमा पुग्न सक्छ ।
स्थानीय तह निर्वाचनमा यसको प्रभाव कस्तो पर्ला?
यदि हामीले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउन सक्यौं भने यसको प्रत्यक्ष प्रभाव स्थानीय तह निर्वाचनमा देखिन्छ । कार्यकर्ताको मनोबल बढ्छ, मतदातामा सकारात्मक सन्देश जान्छ र एमालेले राम्रो मत प्राप्त गर्न सक्छ। त्यसैले अहिलेको मुख्य काम भनेकै संगठन सुदृढीकरण हो ।
अन्त्यमा, पर्सा–३ का मतदातालाई तपाईंको सन्देश के छ?
म पर्सा–३ का सम्पूर्ण मतदातालाई आश्वस्त पार्न चाहन्छु कि हामी सुधार र एकताको बाटोमा अघि बढिरहेका छौं । पार्टीलाई मजबुत बनाउँदै विकास र समृद्धिका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।



COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content