वीरगंज, ११ चैत । माइस्थान सञ्चालक समिति वीरगंजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । समितिले प्रत्येक वर्ष आय...
वीरगंज, ११ चैत । माइस्थान सञ्चालक समिति वीरगंजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।
समितिले प्रत्येक वर्ष आयोजना गर्ने श्री गहवामाइ निशान सहितको डोली यात्रा–२०८२ को पूर्वसन्ध्यामा वीरगंज फ्रेन्डस राउन्ड टेबल–८ को सहयोगमा माइस्थान पार्कमा बुधवार आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ८ महिला सहित ६५ जनाले रक्तदान गरेका हुन ।
बबिता देवी थरूनी, ज्योती प्रधान श्रेष्ठ, रन्जु गिरि, स्मृती कार्की, उषा उप्रेती, सुनिता कार्की, बन्दना शर्मा, स्वीकृति प्याकुरेल, अनुभव प्याकुरेल, नवराज भट्टराई, मोहित राजपाल, गणेश साह हजाम, सुरेश गोयल, राम प्रसाद श्रेष्ठ, गौरीशंकर गुप्ता लगायतले रक्तदान गरेका थिए ।
समितिका अध्यक्ष नरेन्द्र साहले वीरगंजका आराध्यदेवी श्री गहवामाइको बिगत२ वर्ष झै यस वर्ष पनि श्री गहवामाइ को निशान सहितको डोली यात्रा २०८२ को पूर्वसन्ध्यमा विशुद्ध पुण्य एवं मानवीय ज्यान जोगाउन रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।
चैत्र १२ गते बिहिवार श्री गहवामाइको निशान सहितको तेस्रो डोली यात्रामा सभ्य एवं भव्य रूपले सहभागी भएर गहवामाइको आशिर्वाद प्राप्त गर्नको साथै यात्रा सफल बनाइदिन हुन सम्पुर्ण वीरगंज एवं श्री गहवामाइको भक्तजनमा हार्दिक आग्रह गर्दै उनले राउन्ड टेबल नेपाल परिवारलाई धन्यवाद ब्यक्त गरेका थिए ।
प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष वरिष्ठ समाजसेवी पर्यावरणविद सरदार जसपाल सिंहले वर्तमान समयमा रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव भएकोले वीरगंजको नारायणी अस्पताल लगायत विभिन्न अस्पतालहरूमा उपचाररत बिरामिहरूको उपचारमा निकै समस्या आइरहेको खबर प्राप्त भएको विषम समयमा रक्तदान कार्यक्रमको आयोजना गरि मानवता बलियो बनाएकोमा माइस्थान मन्दिर समिति र राउन्ड टेबल नेपाल वीरगंज परिवारलाइ धन्यवाद दिए ।
समितिका अध्यक्ष नरेन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज फ्रेन्डस राउन्ड टेबल–८का अध्यक्ष दिपक कुमार अग्रवाल, वीरगंज ८ का वडाअध्यक्ष रितेश गुओता,६ का पुर्व वडाअध्यक्ष ध्रुव नेपाल, नेपाल रेडक्रस सोसाइटी पर्साका उपसभापति राजेश्वर चौधरी, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, अभिभावक संघ पर्साका अध्यक्ष संदिप साह, समाजसेवीहरू शिक्षाविद मार्टिन मोक्तान, राजेन्द्र भट्टराई,मनिता माया गुप्ता कानु, पत्रकारहरू युवराज खडका,सन्तोष पौडेल, अर्जुन गुप्ता,आकाश पटेल, अर्जुन चौधरी, पवन साहलगायतको सहभागिता थियो । कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुश्वाहाको नेतृत्वमा स्वयंसेवकको टोलीले रक्तदाताहरूलाइ रक्तदान गर्न सघाएका थिए ।



COMMENTS