$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

नारायणी अस्पतालमा दलाल सक्रियता बढेको भन्दै सांसद कानुको चिन्ता, कडा कारबाहीको माग

  अभिलाष गुप्ता वीरगञ्ज १० चैत  पर्सा निर्वाचन क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद सुशील कुमार कानुले नारायणी अस्पतालमा बढ्दो बिचौलिया तथा ...

 


अभिलाष गुप्ता

वीरगञ्ज १० चैत 


पर्सा निर्वाचन क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद सुशील कुमार कानुले नारायणी अस्पतालमा बढ्दो बिचौलिया तथा दलालहरूको सक्रियताप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले उक्त गतिविधि नियन्त्रण गर्न तत्काल कडा कारबाही गर्न प्रमुख जिल्ला अधिकारी भोला दाहालको ध्यानाकर्षण गराएका हुन्।


मङ्गलवार प्रमुख जिल्ला अधिकारी दाहालको कार्यकक्षमा भएको भेटमा सांसद कानुले अस्पताल परिसरमा दलालहरूको बिगबिगी बढ्दै गएको, केही चिकित्सकहरूले कमिसनको लोभमा बिरामीलाई निजी अस्पतालमा रेफर गर्ने प्रवृत्ति मौलाउँदै गएको र एम्बुलेन्स चालकमार्फत बिरामी प्रभावित पार्ने काम भइरहेको बताएका छन्।


उनले भने, “बिरामीहरू प्रत्यक्ष रूपमा मारमा परिरहेका छन्। यस्ता गैरकानुनी गतिविधि तत्काल रोक्न कडा कदम चाल्नुपर्छ।”सांसद कानुले सरकारी अस्पतालमा चिकित्सकहरूको लापरबाहीसमेत औँल्याएका छन्। चिकित्सकहरू समयमा नआउने, पूरा ड्युटी अवधिभर नबस्ने जस्ता समस्याले सेवाग्राहीहरू समस्यामा परेको भन्दै उनले नियमित अनुगमन र कडाइ आवश्यक रहेको बताए।


यसका साथै उनले छठ पर्वका बेला छठ घाट वरपर माछा–मासु बिक्री भइरहेकोप्रति आपत्ति जनाउँदै धार्मिक आस्था र सामाजिक सद्भावलाई सम्मान गर्न यस्ता गतिविधि तुरुन्त बन्द गराउन माग गरेका छन्।गर्मी मौसममा सम्भावित आगलागी तथा अन्य विपद् व्यवस्थापनतर्फ पनि ध्यान दिनुपर्ने भन्दै उनले दमकल, पानीको स्रोत, उद्धार टोली तथा आवश्यक उपकरणहरूको पर्याप्त तयारी गर्न जोड दिएका छन्।


प्रमुख जिल्ला अधिकारी भोला दाहालले सांसद कानुले उठाएका सबै विषयप्रति सकारात्मक प्रतिक्रिया दिँदै आवश्यक अनुगमन, समन्वय तथा कारबाही अघि बढाइने प्रतिबद्धता जनाएका छन्।

उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेल लगायतको उपस्थिति रहेको थियो।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content