वीरगंज, ९ चैत । वीरगंज उद्योग वाणिज्य संघले पर्सा जिल्लाबाट नवनिर्वाचित चारजना प्रतिनिधिसभा सदस्यहरूलाई सोमवार एक कार्यक्रमको आयोजना गरी स्व...
वीरगंज, ९ चैत । वीरगंज उद्योग वाणिज्य संघले पर्सा जिल्लाबाट नवनिर्वाचित चारजना प्रतिनिधिसभा सदस्यहरूलाई सोमवार एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको छ ।
पर्सा निर्वाचन क्षेत्र– १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरू हरि पन्त, क्षेत्र नं. २ बाट निर्वाचित सुशील कुमार कानु, क्षेत्र नं. ३ बाट निर्वाचित रामाकान्त चौरसिया र क्षेत्र नं. ४ बाट निर्वाचित टेक बहादुर शाक्यलाई वीउवा संघका अध्यक्ष हरी गौतमले सम्मान गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट विजयी सांसदहरूले पर्साका चारै क्षेत्रमा उल्लेख्य मत दिएर जनताले विजयी गराएकोमा जनमतको कदर गर्ने बताए । जिल्लामा नयाँ राजनीतिक सन्तुलनलाई कायम गर्ने बताए ।
उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष एवं कार्यसमिति सदस्य अशोक टेमानी लगायत संघका पदाधिकारीहरूले नवनिर्वाचित सांसदहरूसँग समन्वय गर्दै पर्साको आर्थिक विकास, व्यापार प्रवद्र्धन तथा उद्योग क्षेत्रका विभिन्न समस्याहरू समाधानका लागि सहकार्य गर्ने अपेक्षा व्यक्त गरेका छन।
निजी क्षेत्र र सरकारबीचको सहकार्यले जिल्लाको समग्र आर्थिक गतिविधिलाई थप गतिशील बनाउने विश्वास सहभागीहरुले जोड दिएका थिए ।

COMMENTS