$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सांसद शाक्यद्वारा नगद पुरस्कार

  शैलेश गुप्ता  २१ जेठ पोखरिया शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै  विद्यार्थीहरूलाई उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्ने उद्देश्यले प्रतिनिध...

 



शैलेश गुप्ता  २१ जेठ पोखरिया

शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै  विद्यार्थीहरूलाई उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्ने उद्देश्यले प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर शाक्यले घोषणा गर्नुभएको पुरस्कार कार्यक्रमअन्तर्गत पर्सा क्षेत्र नं. ४ का उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।

जिराभवानी गाउँपालिका अन्तर्गत रहेको श्री वितो महतो जनता माध्यमिक विद्यालय, जितपुर नौकाटोलामा आयोजित विशेष कार्यक्रममा माननीय शाक्यले एसईई परीक्षा २०८१ मा पर्सा निर्वाचन क्षेत्र नं. ४ भरिमै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्नुभएको हो।

कार्यक्रममा ठोरी गाउँपालिका–४ गौतमनगरस्थित श्री सरस्वती माध्यमिक विद्यालयका छात्र अन्सु खनाललाई रु. ५१ हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो। खनालले एसईई परीक्षा २०८१ मा ३.६६ जिपिए प्राप्त गर्दै पर्सा क्षेत्र नं. ४ भरिमै प्रथम स्थान हासिल गरेका थिए।

त्यसैगरी विभिन्न स्थानीय तहमा प्रथम स्थान हासिल गरेका अन्य विद्यार्थीहरूलाई जनही रु. २१ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो। सम्मानित हुने विद्यार्थीहरूमा 

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवाकी राधा कुमारी (जिपिए ३.२५)

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जगरनाथपुरका अजय साह रौनियार (जिपिए ३.४८)

श्री कालीप्रसाद लाखे माध्यमिक विद्यालय, लगडीका सञ्जीव पटेल (जिपिए ३.५१)

श्री सुकई साह माध्यमिक विद्यालय, भेडीहारीकी रैणु कुमारी (जिपिए ३.५५)

श्री मङ्गल माध्यमिक विद्यालय, भिस्वाका रञ्जित कुमार साह (जिपिए ३.२२) रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय टेकबहादुर शाक्यले शिक्षा नै राष्ट्रको विकास, समृद्धि र सामाजिक रूपान्तरणको प्रमुख आधार भएको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई उच्च लक्ष्य निर्धारण गरी निरन्तर अध्ययनमा समर्पित हुन आग्रह गर्दै मेहनत, अनुशासन र लगनशीलताबाट सफलता प्राप्त गर्न सकिने धारणा व्यक्त गर्नुभयो।


उहाँले उत्कृष्ट प्रतिभाको सम्मान तथा प्रोत्साहनका लागि आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस प्रकारको सम्मानले विद्यार्थीहरूमा अध्ययनप्रति रुचि बढ्नुका साथै प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक रामशंकर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी पशुराम साह कानु, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने यस पहलको प्रशंसा गर्दै यसले शैक्षिक वातावरण सुधार गर्न सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

स्थानीय स्तरमै प्रतिभाको कदर र सम्मान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमलाई क्षेत्रीय शिक्षा विकासका लागि प्रेरणादायी कदमका रूपमा हेरिएको छ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content