$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

लक्षवारमाई दुर्गा मन्दिर निर्माणमा वडा अध्यक्ष कानुको मन्मानी, अन्तै स्थान सिफारिस गरेपछि चर्कियो विवाद

शैलेश गुप्ता २९ बैशाख, पोखरिया -  पर्साको पोखरिया नगरपालिका वडा नं. ४ मा निर्माण हुन लागेको श्री लक्षवारमाई दुर्गा मन्दिरको योज...
शैलेश गुप्ता २९ बैशाख, पोखरिया - 

पर्साको पोखरिया नगरपालिका वडा नं. ४ मा निर्माण हुन लागेको श्री लक्षवारमाई दुर्गा मन्दिरको योजना अहिले विवादको केन्द्रमा परेको छ। मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको पर्यटन विकास कार्यालय, वीरगञ्जबाट स्वीकृत २० लाख रुपैयाँको योजनाअन्तर्गत मन्दिर निर्माण हुने भएपछि स्थान चयनलाई लिएर स्थानीय स्तरमा वडा अध्यक्ष लक्ष्मण साह कानु र स्थानीयबीच तीव्र विवाद देखिएको हो।

पर्यटन विकास कार्यालयले मन्दिर निर्माणका लागि उपभोक्ता समिति गठन गर्न तथा योजना अगाडि बढाउन वडा कार्यालयलाई पत्राचार गरेको थियो। तर वडा नं. ४ का वडा अध्यक्ष तथा कानु समाज नेपाल पर्सा जिल्ला कार्यसमितिका अध्यक्ष लक्ष्मण साह कानुले मन्दिर निर्माणका लागि अन्यत्र रहेको श्री रामजानकी मन्दिर परिसरको खाली जग्गा सिफारिस गरेपछि विवाद सुरु भएको हो।

स्थानीय तथा सरोकारवालाहरूका अनुसार श्री लक्षवारमाई दुर्गा मन्दिर निर्माणका लागि उपयुक्त जग्गा सञ्चारकर्मी शैलेश साह कानुको आमाको नाममा रहेको छ, जहाँ हाल मन्दिर पनि अवस्थित रहेको बताइएको छ। उक्त जग्गा मन्दिरको नाममा निःशुल्क नामसारी गरिदिन परिवार तयार हुँदाहुँदै पनि वडा अध्यक्ष कानुले त्यसलाई अस्वीकार गर्दै रामजानकी मन्दिर परिसरमा निर्माण गर्न सिफारिस गरेको आरोप स्थानीयहरूले लगाएका छन्।

स्थानीयहरूको भनाइ अनुसार हाल मन्दिर रहेको स्थानमै निर्माण हुनुपर्ने माग राखिँदै आएको भए पनि वडा अध्यक्ष कानुले “एक कानुको मन्दिर बन्न नदिने” अडान लिएको आरोपपछि विवाद झन् चर्किएको छ।
यता, वडा अध्यक्षले सिफारिस गरेको स्थानलाई लिएर पनि अर्को विवाद देखिएको छ। स्थानीयका अनुसार श्री रामजानकी मन्दिर व्यवस्थापन समितिको अध्यक्ष स्वयं वडा अध्यक्ष लक्ष्मण साह कानु नै करिब तीन वर्षदेखि रहँदै आएका छन्। मन्दिर परिसरमा रहेका करिब २० वटा कोठा भाडामा लगाइएको र ती कोठाबाट मासिक करिब ६० देखि ७० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको त्यहाँ व्यवसाय सञ्चालन गर्दै आएका पसलेहरूले बताएका छन्।

तर उक्त रकम कहाँ, कसरी र कुन प्रयोजनमा खर्च भइरहेको भन्ने विषयमा कुनै पारदर्शिता नभएको भन्दै स्थानीयहरूले प्रश्न उठाएका छन्। स्थानीय स्रोतका अनुसार मन्दिर परिसरको खाली जग्गामा लक्षवारमाई दुर्गा मन्दिरको नाममा आएको बजेट प्रयोग गरी वडा अध्यक्षले धर्मशाला निर्माण गर्ने योजना बनाएका छन ।

यस विषयलाई लिएर स्थानीयहरू आक्रोशित बनेका छन्। उनीहरूले रामजानकी मन्दिर परिसरमा लक्षवरमाई दुर्गा मन्दिर निर्माण गर्न नदिने चेतावनी दिएका छन्। विवाद बढ्दै गएपछि पोखरिया क्षेत्रमा धार्मिक तथा सामाजिक तनावसमेत उत्पन्न हुने सम्भावना देखिएको स्थानीयहरूको भनाइ छ।
Uploaded Image

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content