पर्सा — सडक डिभिजन कार्यालय हेटौँडा र निर्माण कम्पनी बीच समन्वय गरी पुनः निर्माण सुरु गरिएको छ । पर्साको पर्सागढी नगरपालिका–९ एकटाङ्गा स्थित निर्माणाधीन तिलाबे पुल लामो समयदेखि डिजाइन स्वीकृतिमा ढिलाइ भएको हो। निर्माण कम्पनी अनुसार संशोधित डिजाइन ड्रइङ स्वीकृतिमा मात्रै ४ वर्ष को ढिलाइ हुँदा निर्माण कार्य गम्भीर रूपमा प्रभावित भएको हो।
त्यसैगरी, निर्माण कम्पनीलाई दिनुपर्ने भुक्तानीमा समेत ३ वर्ष सम्म ढिलाइ भएको कारण परियोजनाको प्रगति सुस्त बन्न पुगेको बताइएको छ। निर्माण व्यवसायीले समयमै रकम प्राप्त गर्न नसक्दा श्रमिक परिचालन, सामग्री आपूर्ति र उपकरण व्यवस्थापनमा समस्या आएको जनाएका छन्।सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ र ठेक्का सम्झौताको दफ ४८ र ४९ बमोजिम विल पेश भएको मितिले ३० दिन भित्र रकम भुक्तानी गर्नु पर्ने प्रावधान रहेको छ ।
परियोजना स्थलमा स्थानीय अवरोधसमेत देखिएको थियो, जसबारे निर्माण पक्षले लिखित रूपमा जानकारी गराइसकेको छ। यस्तै, पुल नजिकै हालै निर्माण गरिएको हेडवर्क संरचनाले पनि निर्माण कार्यमा थप अवरोध सिर्जना गरेको छ।
यति समस्याहरूका बाबजुद पनि पुलको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ। बाँकी कार्यलाई तीव्रता दिँदै आगामी असार २०८३ भित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
स्थानीयवासीले पुल छिटो सम्पन्न गर्न माग गर्दै आएका छन् । उनीहरूका अनुसार पुल निर्माण भएपछि ग्रामीण क्षेत्रको आवागमन सहज हुने, कृषि उत्पादन बजारसम्म पुर्याउन सजिलो हुने र आपतकालीन सेवामा पनि जाखिमपुर्ण टाढाका बाटो जानु नपर्ने बताए।




COMMENTS