$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पोखरिया नगरपालिकामा १५ सदस्यीय बालिका तथा सामाजिक शिक्षा सञ्जाल गठन, बालिका सशक्तिकरणमा जोड

  पर्सा, बैशाख ९ — पोखरिया नगरपालिका मा आज आयोजित एक कार्यक्रमका बीच १५ सदस्यीय बालिका तथा सामाजिक शिक्षा सञ्जाल गठन गरिएको छ। बालिका सशक्ति...

 





पर्सा, बैशाख ९ — पोखरिया नगरपालिका मा आज आयोजित एक कार्यक्रमका बीच १५ सदस्यीय बालिका तथा सामाजिक शिक्षा सञ्जाल गठन गरिएको छ। बालिका सशक्तिकरण तथा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्जाल गठन गरिएको हो।

नगर उपप्रमुख रुवी कुमारी ठाकुर को संयोजकत्वमा गठन गरिएको उक्त सञ्जाल, नगर प्रमुख प्रदुमन प्रसाद चौहान को अध्यक्षतामा सम्पन्न कार्यक्रममार्फत औपचारिक रूपमा घोषणा गरिएको हो। कार्यक्रममा नगरपालिकाभित्रका विभिन्न सरोकारवाला निकाय, जनप्रतिनिधि तथा सामाजिक अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सञ्जाल गठनसँगै यसको कार्यक्षेत्र, जिम्मेवारी तथा आगामी कार्ययोजनाबारे समेत छलफल गरिएको जनाइएको छ। सहभागीहरूले बालिका शिक्षा, लैङ्गिक समानता, सामाजिक सचेतना तथा सशक्तिकरणका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

नवगठित सञ्जालमा नगर प्रमुख चौहानलाई संरक्षक, उपप्रमुख ठाकुरलाई संयोजकको जिम्मेवारी दिइएको छ। सदस्यहरूमा वडा अध्यक्ष लक्ष्मण साह कानु सहित कौशल कुमार झा, शिव कुमार पटेल, हस्तयानी गिरी, पसुराम हजरा, राजकुमार साह, राजकुमारी चौहान, महादेव साह कानु, तेत्तरी देवी दास, दिनेश प्रसाद चौहान, सिमा देवी, प्रतिमा देवी तथा ललन कुमार पटेल चयन भएका छन्।

नवगठित सञ्जालले आगामी दिनमा बालबालिका, विशेषगरी बालिकाको शिक्षा, स्वास्थ्य, अधिकार तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय तहमा सामाजिक विकृति तथा कुरीतिविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गर्ने योजना समेत अघि सारिएको छ।



COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content