पर्सा
जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ अन्तर्गत सोहरी गाउँमा सामूहिक अष्टयाम तथा अन्न भोजन ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। धार्मिक आस्था र सामाजिक एकताको सन्देश दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा समाजसेवी पशुराम साह कानुले अष्टयाम तथा भोजन व्यवस्थापनका लागि आवश्यक विभिन्न खाद्यान्न सामग्री सहयोग प्रदान गरेका थिए। उहाँको सहयोगले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।
सो अवसरमा बोल्दै स्थानीयहरूले यस्ता धार्मिक तथा सामाजिक कार्यक्रमले गाउँमा आपसी सद्भाव र एकता अभिवृद्धि गर्न मद्दत पुग्ने बताएका छन्। साथै, समाजसेवी साहको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा अष्टयाम पाठसँगै सामूहिक रूपमा अन्न भोजन ग्रहण गरिएको थियो, जसले गाउँमा धार्मिक उत्साहसँगै सामाजिक मेलमिलापको वातावरण सिर्जना गरेको थियो।




COMMENTS