$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पोखरिया नगरपालिकामा डेंगु नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    पर्सा — डेंगु रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै पोखरिया नगरपालिकाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुलाई लक्षित गरी १ दिने ...

 

 

पर्सा — डेंगु रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै पोखरिया नगरपालिकाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुलाई लक्षित गरी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत २०८३ वैशाख 9 गते बिहान १०:०० बजे पोखरिया नगरपालिका सभाहलमा आयोजित उक्त कार्यक्रम नगर उपप्रमुख रुबी कुमारी ठाकुरको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कौशल कुमार झाको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा वडा अध्यक्षहरू प्रमोद गिरी, प्रमानन्द पटेल, महेन्द्र महतो, नौशाद आलम लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले डेंगु रोगको वर्तमान अवस्था, यसको जोखिम, नियन्त्रणका उपाय तथा समुदायस्तरमा गर्न सकिने रोकथामका गतिविधिहरूका बारेमा विस्तृत छलफल गरेका थिए।

अभिमुखीकरणका क्रममा विज्ञहरूले डेंगु सार्ने लामखुट्टेको प्रजनन नियन्त्रण, सरसफाइमा ध्यान दिनुपर्ने, पानी जम्न नदिने, सचेतना फैलाउने तथा संक्रमित बिरामीको समयमै पहिचान र उपचारमा जोड दिनुपर्ने विषयमा जानकारी गराएका थिए। साथै, स्थानीय तहले समुदायसँग सहकार्य गरी अभियान सञ्चालन गर्नुपर्नेमा पनि जोड दिइएको थियो।

कार्यक्रममा सहभागीहरूले आफ्नो क्षेत्रको अनुभव, चुनौती र समाधानका उपायहरू पनि साझा गरेका थिए। यस किसिमका कार्यक्रमले स्थानीय तहमा डेंगु नियन्त्रणका लागि समन्वय र सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

उक्त कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका शिव पटेलले गरेका थिए भने कार्यक्रम पोखरिया नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजना गरिएको हो।



COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content