$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पर्साका पत्रकार शैलेश साह कानुसहित १३ नेपाली पत्रकार कोलकातामा सम्मानित

शैलेश गुप्ता   १६ जेठ, कोलकाता (बङ्गाल भारत)  दक्षिण एसियाली क्षेत्रीय पत्रकारिताको विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा पत्रकारहरूबीच अनुभव आ...

शैलेश गुप्ता   १६ जेठ, कोलकाता (बङ्गाल भारत) 

दक्षिण एसियाली क्षेत्रीय पत्रकारिताको विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा पत्रकारहरूबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित “स्मरण उदन्त मार्तण्ड एवं सम्मान समारोह–२०२६” मा नेपालका १३ जना पत्रकार सम्मानित भएका छन्। सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल भारत च्याप्टरद्वारा आयोजित उक्त कार्यक्रममा नेपालसहित विभिन्न देशका पत्रकार, सञ्चारकर्मी, साहित्यकार तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्मानित हुने नेपाली पत्रकारहरूमा पर्साका सक्रिय सञ्चारकर्मी शैलेश साह कानु, रौतहटका पत्रकार चन्दन कुमार महतो, सार्क जर्नलिस्ट फोरम नेपाल च्याप्टर मधेश प्रदेशका अध्यक्ष सदाब मलिक, रूद्र सुवेदी, सतेन्द्र साह लगायत अन्य पत्रकारहरू रहेका छन्। पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान–पत्र तथा मायाको चिन्ह प्रदान गरिएको थियो।

पर्सा जिल्लाका पत्रकार शैलेश साह कानु फेमस नेपाल सन्देश का प्रकाशक, अनुसन्धान टिभी डटकम का सह–सम्पादक तथा रेडियो पोखरिया १०५.८ मेगाहर्ज का सञ्चारकर्मीका रूपमा परिचित छन्। उनले लामो समयदेखि स्थानीय तहका गतिविधि, सामाजिक सरोकार, विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जनचासोका विषयमा निरन्तर कलम चलाउँदै आएका छन्। उनको पत्रकारितामार्फत स्थानीय समुदायका समस्या र मुद्दाहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका रहेको बताइन्छ।


यस्तै, रौतहटका पत्रकार चन्दन कुमार महतो सीएच खबर का सञ्चालकका रूपमा क्रियाशील छन्। उनले मधेश प्रदेशका सामाजिक, राजनीतिक तथा विकाससँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएका छन्।

भारतको कोलकातास्थित गर्ल्स कलेजमा आयोजित उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स तथा अस्ट्रेलियालगायत विभिन्न मुलुकका पत्रकार तथा सञ्चार क्षेत्रसँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो। सम्मेलनमा पत्रकारिताको वर्तमान अवस्था, डिजिटल सञ्चार माध्यमको प्रभाव, अभिव्यक्ति स्वतन्त्रता, तथ्यमा आधारित पत्रकारिता तथा दक्षिण एसियाली राष्ट्रहरूबीच सञ्चार सहकार्यका विविध विषयमा छलफल गरिएको थियो।

आयोजकका अनुसार सम्मेलनमा नेपालका १३ जना पत्रकारसहित करिब एक सय पत्रकार सहभागी भएका थिए भने विदेशबाट करिब तीन दर्जन अन्तर्राष्ट्रिय अतिथिहरूले समेत उपस्थिति जनाएका थिए। कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरूले पत्रकारिताले समाज रूपान्तरणमा खेलेको भूमिका, लोकतन्त्र सुदृढीकरणमा सञ्चारमाध्यमको योगदान तथा क्षेत्रीय सहकार्यको आवश्यकताबारे धारणा व्यक्त गरेका थिए।

सम्मेलनले नेपाल–भारतसहित सार्क राष्ट्रहरूबीच पत्रकारितामार्फत आपसी सम्बन्ध अझ सुदृढ बनाउन, सञ्चार क्षेत्रका चुनौती र अवसरबारे साझा दृष्टिकोण विकास गर्न तथा पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

सम्मान ग्रहणपछि पत्रकार शैलेश साह कानुले प्राप्त सम्मानले आफ्नो पेशागत जिम्मेवारीलाई अझ बढाएको बताउँदै निष्पक्ष, तथ्यपरक र जनमुखी पत्रकारिताप्रति थप प्रतिबद्ध भएर काम गर्ने प्रतिक्रिया दिए। अन्य सम्मानित पत्रकारहरूले समेत यस्तो अन्तर्राष्ट्रिय सम्मानले पत्रकारिता क्षेत्रमा अझ सक्रिय र जिम्मेवार ढंगले काम गर्न प्रेरणा मिलेको बताएका छन्।

सार्क जर्नलिस्ट फोरमद्वारा आयोजित उक्त कार्यक्रमलाई दक्षिण एसियाली पत्रकारहरूबीच अनुभव आदानप्रदान, सहकार्य विस्तार तथा पत्रकारिताको गुणस्तर अभिवृद्धिका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content