वीरगञ्ज, १० जेठ २०८३
पोखरिया नगरपालिका वडा नं. ९ बैरिया टोलमा चेकजाँच गरिएका मोतियाबिन्दु पीडित बिरामीहरूको आज तिलगंगा आँखा प्रतिष्ठान का विशेषज्ञ डाक्टरहरूको टोलीद्वारा बीरगंज सामुदायिक अस्पताल मा निःशुल्क सफल शल्यक्रिया सम्पन्न गरिएको छ।
यस मानवीय तथा सामाजिक अभियानमा लायन्स क्लब अफ पोखरिया का अध्यक्ष नेजामुद्दीन शमानी तथा उपाध्यक्ष आशा देवी चौहान को विशेष पहल रहेको थियो। साथै लायन्स क्लब अफ बीरगंज परिवार का अध्यक्ष नरोत्तम पाण्डेय, चेयरपर्सन डा. लक्ष्मी थापा, डा. महेश सिंह धामी तथा लायन्स क्लब अफ बीरगंज प्रभु को महत्वपूर्ण सहयोग रहेको थियो।
“मानव सेवा नै साँचो धर्म हो” भन्ने सन्देशसहित सञ्चालन गरिएको यस अभियानले मधेश आन्दोलनका शहीद बिरबल मुखिया बिन की धर्मपत्नी शरदा देवी लगायत मोतियाबिन्दु पीडित बिरामीहरूको जीवनमा नयाँ आशा, खुशी र उज्यालो ल्याएको छ।
निःस्वार्थ सेवा, सहयोग र समर्पणकै कारण धेरै बिरामीहरूले पुनः संसारलाई स्पष्ट रूपमा हेर्ने अवसर प्राप्त गरेका छन्। यस्तो पुण्य कार्यले समाजमा मानवता, सहकार्य र सेवाभावलाई अझ मजबुत बनाएको स्थानीयवासीहरूले बताएका छन्।




COMMENTS