$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

बिरामी भेट्न गङ्गालाल पुगे सांसद शाक्य, स्वास्थ्य बिमा सेवा बन्दबारे संसदमा छलफल गर्ने

काठमाडौं । पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय टेकबहादुर शाक्यले काठमाडौंस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द...

काठमाडौं । पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय टेकबहादुर शाक्यले काठमाडौंस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत सञ्चारकर्मी शैलेश गुप्ताको आमालाई भेटघाट गरेका छन्।

आज अस्पताल पुगेका सांसद शाक्यले बिरामीको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए। उनले बिरामीका आफन्तसँग समेत भेट गरी आवश्यक हौसला प्रदान गरेका थिए।

भेटका क्रममा सांसद शाक्यले अस्पतालमा हाल स्वास्थ्य बिमा सेवा बन्द रहेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे। उनले यस्तो महत्वपूर्ण सेवा बन्द हुँदा बिरामी र उनीहरूको परिवारलाई आर्थिक रूपमा ठूलो समस्या परेको बताउँदै यस विषयलाई गम्भीर रूपमा लिएको बताए।

सांसद शाक्यले स्वास्थ्य बिमा सेवा पुनः सञ्चालनका लागि आवश्यक पहल गर्ने र संसद अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या समितिमा यस विषयमा छलफल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्न राज्य संवेदनशील हुनुपर्ने धारणा राखे।

सञ्चारकर्मी शैलेश गुप्ताको परिवारले सांसद शाक्यको उपस्थितिप्रति आभार व्यक्त गरेका छन्। साथै सञ्चारकर्मी गुप्ताले अस्पतालमा स्वास्थ्य बिमा सेवा बन्द रहेको जानकारी गराएपछि सांसद शाक्यले सो सेवा पुनः सञ्चालनका लागि आवश्यक पहल गर्ने बताए।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content