वीरगंज, ८ वैशाख । पर्सा प्रहरीले ६ किलो १८ ग्राम लागू औषध गाँजासहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । वैशाख ७ गते बि...
वीरगंज, ८ वैशाख । पर्सा प्रहरीले ६ किलो १८ ग्राम लागू औषध गाँजासहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
वैशाख ७ गते बिहान ८ः२० बजे वीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटबाट प्रहरी चौकी ईनर्वाले चेकजाँच गर्ने क्रममा वीरगंजबाट रक्सौल पैदल जाँदै गरेका चारजना व्यक्तिलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
उनीहरुले पेट तथा छातीको भागमा रातो रंगको प्लाष्टिकमा खैरो रंगको डोरीले बेरी लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा फेला परेको जिप्रका, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बस्नेतले जानकारी गराएका छन् ।
पक्राउ पर्नेमा भारत, विहार, पश्चिम चम्पारण बेतिया थाना नगर निगम वडा नं. ३३ बस्ने वर्ष ३५ को सफि अहमद, मझमलिया ग्राम सरेसवर वडा नं. ९ बस्ने वर्ष ३३ को विनय ठाकुर, नौराङावाद वडा नं. ३३ बस्ने वर्ष ३० को मुकिम मियाँँ र
मीनाबजार वडा नं. २५ बस्ने वर्ष २८ को महमद एकवाल रहेको सूचना अधिकारी बस्नेतले जनाएका छन् ।

COMMENTS