वीरगञ्ज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा जनता समाजवादी पार्टी (जसपा) पर्साका अध्यक्ष रामनरेश यादवको जमानत जफत हुने भएको छ। निर्वाचन कार्यालय पर्साका अनुसार यादवले प्राप्त गरेको मत कुल खसेको मतको १० प्रतिशतभन्दा कम भएकाले उनको जमानत जफत हुने अवस्था बनेको हो। निर्वाचनमा
रास्वपाका हरि पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेर निर्वाचित भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् । पर्सा क्षेत्र नम्बर–१ मा कुल ८९ हजार ६ सय ३८ मतदाता रहेका थिए । तीमध्ये ६१ हजार ३ सय ६ मत खसेको हो जसमा करिब ५७ हजारभन्दा बढी सदर मत खसेको थियो। निर्वाचन नियम अनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा १० प्रतिशत मत ल्याउनुपर्छ। तर यादवले सो सीमा कटाउन नसकेपछि उनको जमानत जफत हुने भएको हो।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार यादवले जम्मा १२०१ मत मात्र प्राप्त गरेका छन्। पर्सा–१ मा खसेको कुल मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उनको जमानत जफत हुने निश्चित भएको कार्यालयले जनाएको छ।
यस निर्वाचनमा रामनरेश यादवलाई जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गदीको बलियो साथ रहेको थियो। राउतले आफ्नै पहल र प्रभावमा यादवलाई चुनाव मैदानमा उतारेको बताइए पनि अपेक्षित मत भने जुटाउन सकेनन्।
स्थानीय स्तरमा संगठन विस्तार र जनसमर्थन कमजोर देखिएकाले यादवको मत अत्यन्त न्यून आएको छ। चुनावी अभियानका क्रममा विभिन्न कार्यक्रम र भेटघाट भए पनि मतदाताको विश्वास जित्न नसक्दा परिणाम निराशाजनक आएको बताइन्छ।
पर्सा–१ मा मुख्य प्रतिस्पर्धा भने अन्य ठूला दलका उम्मेदवारहरूबीच केन्द्रित भएको थियो। जसका कारण साना दलका उम्मेदवारहरूलाई मतदाताले खासै प्राथमिकता नदिएको देखिएको छ।
राजनीतिक रूपमा सक्रिय मानिने रामनरेश यादवको जमानत जफत हुनु पर्सा जिल्लाको राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। यस परिणामलाई लिएर जसपा भित्र पनि समीक्षा सुरु हुने संकेत देखिएको छ।
यस घटनाले पर्सा–१ मा जनता समाजवादी पार्टीको संगठनात्मक अवस्था र जनाधारबारे समेत प्रश्न उठाएको छ।




COMMENTS