रौतहट जिल्लाको माधव नारायण नगरपालिका–६, माधोपुरका ४५ वर्षीय बिजुली चौधरीमाथि आइतबार राति करिब ८:४० बजे ज्यानै मार्ने उद्देश्यले सांघातिक हमल...
रौतहट जिल्लाको माधव नारायण नगरपालिका–६, माधोपुरका ४५ वर्षीय बिजुली चौधरीमाथि आइतबार राति करिब ८:४० बजे ज्यानै मार्ने उद्देश्यले सांघातिक हमला भएको छ।
घर बाहिर बसिरहेका बेला पछाडिबाट आएका तीन जनाको समूहले चौधरीमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको स्थानीय स्रोतले जनाएको छ। आक्रमणबाट उनको टाउकोमा गहिरो चोट लागेको छ।
गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, गौरमा भर्ना गरिएको छ। हाल उनको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
पीडित पक्षका अनुसार माधोपुर घर भई हाल परोहा नगरपालिका–३ मा बस्दै आएका चन्द्रिका यादव, उनका छोरा विश्वजीत यादवसहित तीन जनाले आक्रमण गरेको आरोप लगाइएको छ। स्थानीय समाजसेवीले पनि घटनामा उनीहरूको संलग्नता रहेको बताएका छन्।
घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ भने आरोपितहरूको खोजी कार्य भइरहेको जनाइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ।

COMMENTS