$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

श्री लक्षवारमाई दुर्गा मन्दिर निर्माण कार्यको वडा अध्यक्ष कानुद्वारा शिलान्यास

  शैलेश गुप्ता २८ जेठ, पोखरिया  पर्साको पोखरिया नगरपालिका वडा नं. ४ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको श्री लक्षवारमाई दुर्गा मन्द...

 


शैलेश गुप्ता २८ जेठ, पोखरिया

 पर्साको पोखरिया नगरपालिका वडा नं. ४ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको श्री लक्षवारमाई दुर्गा मन्दिरको निर्माण कार्य बुधबार एक विशेष कार्यक्रमका बीच शिलान्यास गरिएको छ। मधेश प्रदेश सरकार अन्तर्गत पर्यटन विकास कार्यालय, वीरगञ्जको आर्थिक सहयोगमा निर्माण हुन लागेको मन्दिरको शिलान्यास वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण साह कानुले गरेका हुन्।

पर्यटन विकास कार्यालय वीरगञ्जबाट विनियोजित १६ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त मन्दिरले स्थानीय धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। लामो समयदेखि व्यवस्थित मन्दिर निर्माणको आवश्यकता महसुस गर्दै आएका स्थानीयवासीहरू प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि उत्साहित भएका छन्।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको रूपमा संविधान सभा सदस्य रामेश्वर प्रसाद रौनियारको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै रौनियारले धार्मिक सम्पदाको संरक्षण तथा विकासले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने उल्लेख गर्दै यस्ता योजनाहरूले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

त्यसैगरी विशिष्ट अतिथिका रूपमा पोखरिया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष महेन्द्र महतो चाई सहभागी भएका थिए। उनले धार्मिक स्थलहरूको विकासले समुदायबीच आपसी सद्भाव र एकताको भावना अझ बलियो हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेता नेजामुद्दीन समानी, समाजसेवी गोरख साह कानु, महिला  नेतृ आषा देवी चौहान, भगवान प्रसाद कुर्मी, अमिरका प्रसाद रौनियार, सम्भु साह कानु, जुगुल किशोर साह कानु, मनोज महतो, अवध साह कानु, जमुना साह कानु तथा वडा सदस्य आसा देवी रामलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै वडा नं. ४ का स्थानीय बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि, युवा तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थानीयवासीहरूले मन्दिर निर्माण सम्पन्न भएपछि धार्मिक अनुष्ठान, पूजा–आराधना तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्। मन्दिरले क्षेत्रको धार्मिक पहिचानलाई थप मजबुत बनाउनुका साथै आन्तरिक धार्मिक पर्यटनको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको अन्त्यमा उपस्थित अतिथिहरू तथा स्थानीयवासीहरूले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेका थिए।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content