$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

गोमा, २१ फागुन : पूर्वी कङ्गोको खनिज–सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठूलो दुर्घटनामा कम्तीमा २०० जनाको मृत्यु भएक...

गोमा, २१ फागुन : पूर्वी कङ्गोको खनिज–सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठूलो दुर्घटनामा कम्तीमा २०० जनाको मृत्यु भएको कङ्गोका अधिकारीहरूले बताएका छन् । तर सो क्षेत्र नियन्त्रणमा राखेको विद्रोही समूहले मृत्यु सङ्ख्या निकै कम भएको दाबी गर्दै सरकारी विवरणमाथि विवाद जनाएको छ ।

कङ्गोको खानी मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा मङ्गलबार एम२३ विद्रोही समूहको नियन्त्रणमा रहेको रुबाया क्षेत्रको खानी भत्किँदा ठूलो जनधनको क्षति भएको जनाएको छ । खनिजले धनी तर लामो समयदेखि द्वन्द्वग्रस्त रहेको पूर्वी कङ्गोमा यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन् ।

तर खानी क्षेत्र नियन्त्रणमा राखेको एम२३ विद्रोही समूहका वरिष्ठ अधिकारी फेनी काजले सरकारी विवरण अस्वीकार गर्दै उक्त घटनालाई खानी भत्किने दुर्घटना नभई बम विस्फोट भएको बताउनुभएको छ । उहाँका अनुसार मृत्यु सङ्ख्या पाँच जनाभन्दा बढी नभएको दाबी गरिएको छ ।

"प्रकाशित भइरहेका विवरणहरू सही होइनन् भन्ने कुरा म पुष्टि गर्न सक्छु", काजले भन्नुभयो, "त्यहाँ कुनै भूस्खलन भएको थिएन, बम विस्फोट भएको थियो र मृत्यु सङ्ख्या मानिसहरूले भनिरहेका जस्तो होइन । करिब पाँच जनाको मृत्यु भएको छ ।"

तर घटनास्थलमा काम गर्ने खनिज मजदुर इब्राहिम तालुसेकले भने उद्धार कार्यमा संलग्न हुँदा आफूहरूले २०० भन्दा बढी शव बाहिर निकालेको बताउनुभयो । उहाँका अनुसार वास्तविक मृत्यु सङ्ख्या लुकाइने प्रयास भइरहेको हुन सक्छ ।

"हामी डराएका छौँ, तर मानिसहरूको जीवन खतरामा छ", तालुसेकले भन्नुभयो, "पिटका मालिकहरूले वास्तविक मृत्यु सङ्ख्या सार्वजनिक गर्न चाहँदैनन् ।"

रुबाया क्षेत्र पूर्वी कङ्गोको महत्त्वपूर्ण खनिज क्षेत्रमा पर्छ । यो क्षेत्र दशकौँदेखि सरकारी सेना र विभिन्न सशस्त्र समूहबीचको सङ्घर्षका कारण अस्थिर रहँदै आएको छ । हालै पुनः सक्रिय भएको रुवान्डा समर्थित एम२३ विद्रोही समूहले यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेपछि द्वन्द्व झनै चर्किएको छ ।

कङ्गो विश्वको प्रमुख कोल्टन आपूर्तिकर्ता देश हो । कोल्टन कालो धातुको अयस्क हो जसमा टान्टालम नामक दुर्लभ धातु पाइन्छ । यो धातु स्मार्टफोन, कम्प्युटर तथा विमानका इन्जिन निर्माणमा महत्त्वपूर्ण कच्चा पदार्थका रूपमा प्रयोग गरिन्छ ।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार सन् २०२३ मा विश्वभर उत्पादन भएको कोल्टनमध्ये करिब ४० प्रतिशत कङ्गोबाट आएको थियो । अस्ट्रेलिया, क्यानाडा र ब्राजिल पनि यसको ठूला आपूर्तिकर्ता देश हुन् । विश्वभर प्रयोग हुने टान्टालमको १५ प्रतिशतभन्दा बढी आपूर्ति रुबायाका खानीहरूबाट हुने बताइएको छ ।

सन् २०२४ को मे महिनामा एम२३ विद्रोहीहरूले रुबाया सहर कब्जा गरी त्यहाँका खानीहरू नियन्त्रणमा लिएका थिए । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन अनुसार त्यसपछि विद्रोहीहरूले कोल्टनको व्यापार र ढुवानीमा कर लगाउँदै आएका छन्, जसबाट उनीहरूले महिनामा कम्तीमा आठ लाख अमेरिकी डलर आम्दानी गर्ने गरेका छन्  ।

पूर्वी कङ्गो लामो समयदेखि द्वन्द्व, हिंसा र अस्थिरताको चपेटामा छ। विभिन्न सशस्त्र समूह र सरकारी सेनाबीचको संघर्षका कारण विश्वकै ठूलो मानवीय सङ्कटमध्ये एक उत्पन्न भएको छ। हालसम्म ७० लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन्, जसमध्ये डिसेम्बरयता मात्र ३००,००० भन्दा बढीले घर छोड्न बाध्य भएका छन्।

गत जुनमा कङ्गो र रुवान्डा सरकारले संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। विद्रोही समूह र कङ्गो सरकारबीच वार्ता जारी रहे पनि पूर्वी कङ्गोका विभिन्न क्षेत्रमा अझै पनि लडाइँ जारी छ र यसबाट नागरिक तथा सैनिक दुवैतर्फ ठूलो क्षति भइरहेको छ।

कङ्गो र रुवान्डाबीच भएको सम्झौताले अमेरिकी सरकार र अमेरिकी कम्पनीहरूलाई महत्त्वपूर्ण खनिजमा पहुँच बढाउने बाटो पनि खोलेको छ।

गत महिना पनि यस्तै प्रकारको खानी दुर्घटनामा २०० भन्दा बढी मानिसको ज्यान गएको थियो। 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content