बीरगंज
, नेपाल – भारतको महावाणिज्य दूतावास, बीरगंजले २०२६ को अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक भव्य कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा प्रमुख महिला सामाजिक कार्यकर्ता र शिक्षाविद्हरूले आफ्नो अनुभव र विचार साझा गरे। वक्ताहरूले महिलाहरूले हासिल गरेका उपलब्धिहरू र उनीहरूले सामना गर्नुपर्ने चुनौतीहरूबारे प्रकाश पारे।
कार्यक्रममा ग्यान्दा अकादेमी स्कूल, बीरगंज र शारदा कला केन्द्र, रक्सौलका छात्राहरूले भारत–नेपालको साझा समृद्ध सांस्कृतिक विरासतलाई झल्काउने सांस्कृतिक प्रस्तुतिहरू गरेका थिए।
महावाणिज्य दूत श्री देवी सहाय मीना ले आफ्नो संबोधनमा महिलाहरूले समाजको विकासमा पुर्याएको अमूल्य योगदानको प्रशंसा गर्दै भने कि महिला सशक्तिकरणले सम्पूर्ण मानव समुदाय मात्र होइन, राष्ट्रलाई पनि समृद्ध र सशक्त बनाउन सक्दछ।
कार्यक्रमको मुख्य उद्देश्य लैङ्गिक समानतालाई प्रवर्द्धन गर्नु, महिलाहरूका उपलब्धिहरूको मान्यता दिनु र थप समावेशी तथा न्यायसंगत समाज निर्माणमा सामूहिक प्रयासलाई प्रोत्साहन गर्नु थियो।
कार्यक्रमका केही फोटोग्राफहरू यथोचित प्रयोगको लागि संलग्न गरिएको छ।





COMMENTS